बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सवारी दुर्घटनापछि ४५ हजार रियाल तिर्न नसक्दा  साउदीमा एक नेपाली ८ वर्षदेखि बन्धक

मङ्गलबार, ०५ असार २०८०, १७ : ४७
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । सवारी दुर्घटनापछि जरिवानावापतको रकम तिर्न नसक्दा साउदी अरेबियामा एक नेपाली ८ वर्षदेखि बन्धक बनेका छन् । सन् २०१६ मा सवारी दुर्घटनापछि नेपाली चालक दुर्गाबहादुर सुनारको गल्ती ठहर्‍याउँदै ६५ हजार साउदी रियाल जरिवाना गरिएको थियो ।

उक्त जरिवाना तिर्न नसकेका उनी विगत ८ वर्षदेखि नेपाल फर्किन पाएका छैनन् । पछिल्लो डेढ वर्षदेखि साउदीस्थित नेपाली महावाणिज्यदूतावासको सेल्टरमा बस्दै आएका छन् ।  

दूतावासले आर्थिक सहयोग संकलन गरेर बन्धनमुक्त गराउन पहल थालेको छ । त्यसका लागि आर्थिक सहयोगको लागि अपिल गरेको छ ।

के भएको थियो ?

सन् २०१६ मा साउदी पुगेका सुनारको त्यही वर्ष सवारी दुर्घटनामा परेका थिए । गाडी उनी आफैंले चलाएका थिए ।

जहाँ तीन वटा सवारी एक आपसमा ठोक्किएका थिए । र अन्य दुई सवारीमा क्षति पुग्नुका साथै दोस्रो पक्षलाई चोटपटक समेत लागेको थियो ।

त्यसपछि सुनारको गल्ती ठहराउँदै प्राईभेट राईट अन्तर्गत ६५ हजार साउदी रियालको जरिवाना दोस्रो पक्षलाई तिर्नुपर्ने फैसला सुनाइएको थियो ।  

उनले चालक अनुमति पत्र विना सवारी चलाएको र त्यो बेला सवारीको बीमा समेत नरहेको अवस्थामा आफ्नै इच्छाले रोजगारदाताको अनुमतिविना सवारी साधन चलाएका थिए ।

जसले गर्दा रोजगारदातालाई कानूनीरुपमा जरिवाना तिर्नका लागि हकदार बनाउन मिल्ने अवस्था नरहेको फैसलामा उल्लेख छ । यद्यपी, महावाणिज्यदूतावासले रोजगारदातालाई भेटी पटक पटक जरिवाना रकम तिरिदिन अनुरोध गरेका थियो । तर, रोजगारदाताले आफू रकम तिर्न सक्ने आर्थिक हैसियतमा नरहेको बताउँदै आएको छ ।

महावाणिज्यदूतावासले पटक पटक साउदी सरकारका विभिन्न निकायहरुसँग अनुरोध गर्दा उनको गल्ती रहेका कारण देखाउँदै जरिवाना मिनाहा हुन नसक्ने जानकारी दिएको छ ।

महावाणिज्यदूतावासले दोस्रो पक्षसँग जरिवाना मिनाहाका लागि अनुरोध गरेको थियो । उक्त क्रममा दोस्रो पक्षले ४५ हजार साउदी रियाल तिरेमा २० हजार रियाल मिनाहा गरिदिने बताएको छ ।

तर, उनको आर्थिक अवस्था निकै कमजोर रहेकाले दूतावासले आर्थिक सहयोगको लागि अपिल गरेको हो ।

उनको उद्धार गरी नेपाल फिर्तीका लागि महावाणिज्यदूतावास साउदी अरेबियामा क्रियाशील विभिन्न संघ–संस्थाहरुसँग सहयोगको अपिल गरेको हो ।

सहयोग गर्न ईच्छुकहरुले महावाणिज्यदूतावासको ह्वाट्सएप नम्बर ००९६६०५३५१५०४०७ मा सम्पर्क गरी सुनारलाई आर्थिक सहयोग गर्न सकिनेछ । 

355013926_276843508181949_5810048939876913300_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप