सांसद दीपक सिंहले भने–सरकारसँग पैसा छैन भने हामीलाई ५ करोड चाहिँदैन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले अहिलेको आर्थिक मन्दीको बेला सरकारसँग पैसा छैन भने सांसद विकास कोषको ५ करोड रुपैयाँ नचाहिने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी, एमालेलाई पनि त्यसका लागि आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले भने, ‘यदि सरकारसँग पैसा छैन भने जुन हामीलाई ५ करोड रुपैयाँ दिनुभएको छ, त्यो चाहिँदैन । आर्थिक मन्दीबाट देशलाई माथि उकास्नका लागि व्यापार घाटाबाट उकास्नका लागि हामीलाई दिनुभएकौ त्यो ५ करोड रुपैयाँ राप्रपाको तर्फबाट सम्पूर्ण रकम तपाईँलाई दिन चाहन्छौँ । यो राष्ट्र निर्माण गर्न र घाटा बचाउनका लागि हाम्रा रविजीको पार्टीले पनि अरू सांसदहरूको पार्टीले पनि, एमालेले पनि आफूले पाउने ५ करोड दिनुहुन्छ भन्ने मलाई लागेको हो । सरकारमा रहेका पार्टीले दिने कि नदिने हो ? नयाँले त दिने भनिसके ।’
उनले काठमाडौँ-हेटौडा सुरुङमार्गका लागि बजेट व्यवस्थापन गर्न आग्रह गरे । सरकारसँग पैसा छैन भने सो परियोजनाका लागि जापान सरकारसँग शून्य दशमलव ५ प्रतिशतमा अनुदान पाउन सकिने उनले बताए । सो सुरुङमार्गको भौगोलिक अवस्थाको अध्ययन जापानको हाज्मा कम्पनीले गरिसकेको उल्लेख गर्दै सो परियोजना सुरु भयो भने बिहार र युपीका पर्यटक आउन पनि नजिकको दुरी पर्ने उनले बताए ।
यस्तै उनले हेटौँडामा रहेको कपडा उद्योग, बुटवल धागो कारखाना र गोरखकाली कारखाना पुनः सञ्चालन गर्ने कुरा बजेटमा राखिएको बताउँदै यी कारखाना कसरी सञ्चालन गर्ने भन्दै प्रश्न गरे । उनले नेपालमा कपास उत्पादन बन्द गर्ने तर कपडा उत्पादनका लागि विदेशबाट धागो ल्याउने कुरा गलत निर्णय भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प