अहिले देशका लागि ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यकता छैन: ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि अहिले ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यकता नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।
सांसद कार्कीले देशको कुनै एउटा ठाउँमा भए पनि ऐतिहासिक हरित र सांस्कृतिक सहर निर्माण गर्ने काममा ध्यान दिन सरकारलाई सुझाव दिए । उनले गरिब आवास कार्यक्रमलाई झारा टार्ने ढंगले अघि नबढाउन पनि सरकारलाई सचेत गराए ।
गाउँलाई सुविधा सम्पन्न र व्यवस्थित गाउँ निर्माण गर्ने दिशामा सरकारको ध्यान जानुपर्ने सांसद कार्कीको भनाई थियो । उनले भने, ‘हामीले बजेटमा उल्लेख गरेका छौं–अति विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत नागरिकहरुलाई आवास दिने बजेटमा हामीले जुन कुरा उल्लेख गरेका छौं । कमसेकम हाम्रो मन्त्रीज्यूको कार्यकालमा देखिने हिसाबले यो क्षेत्रमा विकास होस भन्ने म चाहन्छु । अहिले हामीलाई ठूल्ठूला सहरको भन्दा गाउँलाई सहर बनाउने होइन । गाउँलाई सुविधा सम्पन्न र व्यवस्थित गाउँ निर्माण गर्ने दिशामा पनि यो मन्त्रालयको ध्यान जान जरुरी छ । यो मन्त्रालयले हाम्रो सांस्कृतिक हिसाबले, ऐतिहासिक हिसाबले हाम्रो मुलुक धेरै सम्पन्न र समृद्ध मुलुक हो । र, ऐतिहासिक हरित र सांस्कृतिक एउटा भए पनि सहरको प्रारम्भ गर्न अहिले जरुरी छ । अहिले भ्यूटावरका, ठूल्ठूला सिटी हलको अहिले आवश्यकता छैन । र, अहिलेको ध्यान दलित, विपन्न र सीमान्तकृत नागरिकलाई आवास केवल बजेटमा उल्लेख गर्ने जस्तो झारा टार्ने आवास होइन । देशले अनुभूत गर्ने किसिमको आवास बनाउनेमा सहरी मन्त्रीको ध्यान जरुरी छ । त्यतातर्फ ध्यान जाओस् भन्ने म चाहन्छु ।’
सांसद कार्कीले स्वच्छ खानेपानी पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कृष्ट यौन जीवनका लागि के खाने, के नखाने ?
-
४ जीपीए ल्याउने आस्थाको एसईई टिप्स : परीक्षाको अघिल्लो रातभरि नपढ्नू
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
चोटग्रस्त किर्गियोसलाई अनपेक्षित सफलता, दुई वर्षपछि पहिलो जित
-
सगरमाथालगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही
-
बिपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै