बजेट नपरेपछि गोकुल बास्कोटाले अर्थमन्त्रीलाई सोधे–यो आँखै खाने चस्मा तिमीलाई कसले किन्दियो ?
काठमाडौँ । काभ्रेमा बजेट नपरेको भन्दै एमाले सांसद गोकुल बास्कोटाले अर्थमन्त्री प्रकाशशरण महतमाथि कटाक्ष गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयगत विनियोजित बजेटमाथि बोल्दै सांसद बास्कोटाले हुँदै नभएको वडामा पनि बजेट छुट्याएको बताएका छन् । उनले पनौती नगरपालिकामा १२ वडा रहेको भन्दै १३ नम्बर वडा कहाँ पर्छ भन्दै प्रश्न गरे । उनले पनौती नगरपालिकामा १४ नम्बर र १५ नम्बर वडा कहाँ पर्छ भन्दै प्रश्न गरेका छन् ।
बास्कोटाले भने,‘दुईवटा गाउँपालिका जहाँ बजेट छुट्याउनुभएको छ, काभ्रेमा पर्दैन । बजेट गजबले छुट्याउनुभएको छ । कल्ले दियो त्यो चिर्कटो ? गजब लाग्यो । त्यसो हुँदा मैले सोध्नुपर्ने भयो प्रकाश सपुतलाई सम्झिएर, त्यो आँखै खाने चस्मा तिमीलाई कसले किन्दियो ? कल्ले किन्दियो ? तिरमिरायो, हेर्यो । राज्यले हिजो लगानी गरेको छ अव जुवा खेल्ने हो ? के ग्यामलर हो सरकार ? म सोध्छु किनभने नगरकोट हिगुवापाटी गैरीबिसौना पिच हुन ठिक्क पर्यो नाँप जाँच गर्न पठाइदिनुस् भनेको हिजो भौतिकबाट सहरीमा ल्याउनुभयो । यतापट्टी के हाल्नुभयो, १० लाख रुपैयाँ हाल्नुभयो । १९ किलोमिटर छ । म सोध्छु–मेरो झोकले ? म त्यहाँबाट प्रतिनिधित्व गर्छु । ठिकै छ त त्यहाँका कांग्रेसहरु हिड्छन् कि हिँड्दैनन् ? त्यहाँका कांग्रेसका निम्ति, त्यहाँका माओवादीका निम्ति, त्यहाँका समाजवादीका निम्ति, त्यहाँ रास्वपा छ भने उनीहरूलाई हिँड्नका निम्ति सरकारले अर्कै बाटो बनाउँछ ?’
सांसद बास्कोटाले सरकारले अचम्मको रवैया देखाएको भन्दै आश्चर्य प्रकट गरे । उनले देशभरिमा पाँचौ लोकप्रिय भोट ल्याएर जितेको भन्दै आफूपनि लोकप्रिय र जनताप्रति उत्तरदायी रहेको बताए । उनले अर्थमन्त्रीले मज्जैसँग अन्याय गरेको टिप्पणी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक बोलाउन पोखरामा गरियो माघमा दाइँ
-
विश्वविद्यालयमा भइरहेको तालाबन्दीप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण
-
स्टाफ कलेजका लागि १३१ प्रहरी अधिकृत छनोट, फागुनमा प्रवेश परीक्षा
-
१० बजे १० समाचार : एमालेका नेताहरूमाथि धमाधम कारबाही, वामदेव गौतम एमालेमै फर्किने तयारीमा
-
खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता
-
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : मन्त्री गुरुङ