४ लाख घुससहित तीन जना पक्राउ
मङ्गलबार, ०५ असार २०८०, १६ : ३७

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित तीन जनालाई पक्राउ गरेको छ । मंगलबार झापास्थित ग्रामीण सडक सुधार आयोजना आयोजना कार्यान्वयन इकाईमा कार्यरत कर्मचारीलाई ४ लाख घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा, लेखापाल हिमाल पौडेल रहेका छन् । उनीहरुले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरे बापत रु ४ लाख घुस सेवाग्राहीबाट मागेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनीहरुलाई अख्तियारको केन्द्र र आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाईको कार्यालय कम्पाउन्डबाट नियन्त्रणमा लिएको दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल
-
बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा