राजेशपायलले सार्वजनिक गरे ‘जुनियर किङ’

काठमाडौँ । गायक तथा नेपाली सांगीतिक क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राईले छोरा सार्वजनिक गरेका छन् ।
सांगीतिक क्षेत्रमा सधैं चर्चामा रहने राजेशपायललाई पछिल्लो केही समयता विवाह र सन्तानको कारण चर्चामा छाउँदै आएका थिए । तर पनि उनले अहिलेसम्म विवाह र सन्तानबारे औपचारिक सार्वजनिक नगर्दा विभिन्न खाले टिप्पणी हुँदै आएको छ ।
विवाह र छोराप्रति टिप्पणी भइरहेका बेला ‘राई इज किङ’ राजेशपायलले ‘जुनियर किङ’ अर्थात छोरा सायारेमको जन्मदिनको अवसरमा ‘ह्याप्पी बर्थ–डे’ बोलको गीत सार्वजनिक गरेका छन् ।
सार्वजनिक गीतमा राजेशपायलकै संगीत तथा स्वर रहेको छ । ‘ह्याप्पी बर्थ–डे’ बोलको यस गीतलाई उनले छोरा सायारेमप्रति समर्पित गरेका छन् । गीतमा शब्द अग्नि साम्पाङ राईको छ ।
गत वर्ष यसै समयमा राजेशपायलले विवाह गरेको समाचार सार्वजनिक भएको थियो । साथै, समाचारसँगै सायाबुङ र छोरा सायारेमको तस्बिर समेत सार्वजनिक भएको थियो । त्यससँगै राजेशपायलको विवाहबारे विभिन्न खाले चर्चा र टिप्पणी हुँदै आएको छ । तर, उनले सार्वजनिक रुपमा केही बोलेका थिएनन् ।
त्यसैले पनि राजेशपायलको विवाह र सन्तानको विषयलाई लिएर सञ्चारमाध्यमले विभिन्न किसिमबाट टिप्पणी गर्दै आएका छन् । सञ्चारमाध्यमले गरेका टिप्पणीप्रति पनि उनी मौन थिए । त्यसैले कतिपयले भन्थे, ‘राजेशपायलले विवाह गरेको स्वीकारिसके, सार्वजनिक गर्न मात्र बाँकी छ ।’ मंगगलबार छोरा सायरेमप्रति समर्पित गीत सार्वजनिक गरेर विवाहलाई औपचारिक रुपमा स्वीकारेका छन् ।
सायरेम एक वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेको अवसरमा मंगलबार बिहान ‘ह्याप्पी बर्थ–डे’ बोलको गीत सार्वजनिक गरेका हुन् । यससँगै राजेशपायलले औपचारिकरुपमा छोरा स्वीकारेको पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति
-
नेपालमा कति छन् विद्यालय ?