नागरिकताका लागि आमरण अनसन बसेका रामकुमार शर्मा अस्पताल भर्ना

काठमाडौँ । नागरिकता समस्या समाधानको माग गर्दै आमरण अनसन बसेका माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्मा अस्पताल भर्ना भएका छन् ।
पाँच दिनदेखि माइतीघर मण्डलमा आमरण अनसन बस्दै आएका नेता शर्माको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि रातिदेखि वीर अस्पतालमा भर्ना गरिएको हो । शर्माकी श्रीमती इन्दु शर्माले राति सुगर र प्लेटलेस बढेपछि सरकार पक्षले नै अस्पताल भर्ना गरेको बताइन् ।
उनले प्लेटलेस अलिअलि सुधार आए पनि सुगर कन्ट्रोलमा नआएको बताइन् । नेता शर्मा अझै आमरण अनसनमै नै छन् । डाक्टरले मुखबाट खाना खानका लागि आग्रह गरे पनि नेता शर्माले आफू आमरण अनसनमा बसेको कारण माग पुरा नभएसम्म खान नखाने अडान लिएका छन् ।
डिस्चार्ज भएमा पुनः माइतीघरमा नै गएर अनसन बस्ने उनको तयारी रहेको छ । माइतीघरमा अनसन बस्दै आएका शर्मालाई त्यहाँ टेन्ट बनाउन दिइएन । पानीमा रुझ्दै भिज्दै अनसनलाई निरन्तरता दिएको कारण झन् बिरामी परेको श्रीमती शर्माले बताइन् ।
संसदबाट पारित नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो । तर सर्वोच्च अदालतमा त्यस विरुद्ध परेको रिटमा सुनुवाइ हुँदा अदालतले मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
त्यसपछि नेता शर्माले माइतीघरमा आमरण अनसन सुरु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको लेकसाइडमा होलीमा रमाउँदै विदेशी पर्यटक (तस्बिरहरू)
-
मिर्गौला रोगमा डायलासिस गर्नैपर्छ ?
-
सुनिता र बुचलाई फिर्ता ल्याउने अभियान फेरि भयो स्थगित
-
युद्ध विरामका लागि ट्रम्पसामु पुटिनले राखे यी दुई सर्त, अब के गर्लान् जेलेन्स्की ?
-
होलीको दिन के गर्दैछन् नेताहरू ?
-
चैत महिनाका लागि एक दर्जन बैंकले गरे ब्याजदर घटबढ