अत्तरियामा बाँके जिल्ला अदालतको गाडी तोडफोड

धनगढी । कैलालीको अत्तरियामा आज बिहान एक सरकारी कार्यालयको गाडीमा तोडफोड भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गोदावरी नगरपालिका ३ चौकीडाडाँमामा बाँके जिल्ला अदालतको प्रदेश ३ ०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोड भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गणेश बरालका अनुसार गाडीको पछाडिको सिसा फुटेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग्दै सुदूरपश्चिममा केही सातादेखि आन्दोलनरत स्थानीयले आज सरकारी गाडीमा अवरोध गर्ने कार्यक्रम गरेका थिए ।
विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले मेडिकल विश्वविद्यालयको विधेयक ल्याउनुपर्ने र ६ सय शय्याको अस्पताल सञ्चालनको लागि अत्तरियालगायत स्थानमा सरकारी गाडीमा अवरोध गर्ने कार्यक्रम रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएका ५ अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा प्रतिनिधिसभामा प्रस्तुत
-
यी हुन्, अनेरास्ववियुले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
‘अञ्जिला’ले कति पायो शो ?
-
असन्तुष्टिको आगोमा घिउ तप्ने काम भएको छ : गगन थापा
-
प्रतिगामी र प्रतिक्रियावादी शक्तिविरुद्ध लाखौँ जनता सडकमा उतारिने छ: प्रचण्ड
-
‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत