आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

भारतीय गुप्तचर संस्था ‘रअ’ का नयाँ प्रमुख रवि सिन्हा को हुन् ?

मङ्गलबार, ०५ असार २०८०, २० : ००
मङ्गलबार, ०५ असार २०८०

भारतीय पुलिस सेवा (आइपिएस) का वरिष्ठ अधिकारी रवि सिन्हालाई सोमबार भारतको गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (रअ) को नयाँ प्रमुखको रूपमा नियुक्त गरिएको छ । छत्तिसगढ क्याडरको १९८८ ब्याचका भारतीय पुलिस सेवा (आइपिएस) अधिकारी सिन्हा हाल मन्त्रीमण्डल सचिवालयमा विशेष सचिवको रूपमा कार्यरत छन् । मन्त्रीमण्डलको नियुक्ति समितिले ५९ वर्षका सिन्हालाई दुई वर्षको कार्यकालको नियुक्तिका लागि मन्जुरी दिएको छ । सिन्हालाई गोप्य जानकारी जुटाउन उत्कृष्ट प्रविधि समावेश गर्नमा श्रेय दिइन्छ । 

३० जूनमा वर्तमान रअ प्रमुखको कार्यकाल पूरा हुँदै

सिन्हाले सामन्त कुमार गोयलको स्थानमा नियुक्ति पाएका छन् । उनको कार्यकाल ३० जून, २०२३ मा पूरा हुँदै छ । सामन्त गोयल पन्जाब क्याडरका आइपिएस हुन् । सामन्त गोयलको कार्यकालमा नै पाकिस्तानको बालाकोटमा एयरस्ट्राइक गरिएको थियो । यसका साथै जम्मू कश्मिरबाट अनुच्छेद ३७० लाई हटाइएको थियो ।

बिहारको भोजपुर जिल्लाका हुन् आइपिएस रवि सिन्हा

रवि सिन्हा विहारको भोजपुर जिल्लाका हुन् । रवि दिल्लीको सेन्ट स्टिफेन्स कलेजमा पढेका थिए । उनले सन् १९८८ मा युपीएससीको परीक्षा पास गरेका थिए र त्यसपछि उनले भारतीय पुलिस सेवाको अधिकारीको रूपमा मध्य प्रदेशको क्याडर पाए ।  तर सन् २००० मा तत्कालीन अटल बिहारी वाजपेयीको सरकारले मध्य प्रदेशको आदिवासी बहुल इलाकालाई काटेर छत्तिसगढ राज्यको निर्माण गरेपछि सिन्हा प्राविधिक रूपमा छत्तिसगढ क्याडर गएका थिए ।

रवि सिन्हालाई लो प्रोफाइल बस्न मनपर्छ

रवि सिन्हालाई लो प्रोफाइलमा बस्न मनपर्छ भन्ने गरिन्छ । रविले गोप्य जानकारी जुटाउनका लागि आधुनिक प्रविधिको प्रयोग गर्छन् । रअको कमान सम्हालेपछि उनले इन्टिग्रेटेड टेक्नोलोजी र ह्युमन इन्टेलिजेन्सलाई साथमा लिएर काम गर्नेछन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप