तनहुँको गुणादीमा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । गम्भीर घाइते भई पोखरा पठाइएका बलबहादुरको राति मृत्यु भएको उनले बताए।
ढिस्काले पुरिएर घाइते झापाको शिवशताक्षी –७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटबारे उपप्रधानमन्त्री सिंहले गरे उपत्यकाका जनप्रतिनिधिसँग छलफल
-
डाइटिङका कारण केरलामा एक युवतीको मृत्यु
-
सत्तापक्षका सांसदको प्रश्न : विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ ?
-
सुर्खेतमा राप्रपाकाे शक्ति प्रदर्शन (तस्बिरहरू)
-
मधेसका गृहमन्त्री लेखीका अंगरक्षकको मृत्यु
-
हामी सुशासन खै भन्छौँ, सरकार प्रहरी कुट्दैछौँ भन्छ : मनिष झा