‘इन्डियन आइडल २०१८’ का विजेता सलमान अली नेपाल आउने
![‘इन्डियन आइडल २०१८’ का विजेता सलमान अली नेपाल आउने](https://npcdn.ratopati.com/media/news/salman-ali_VoIdn5LYFF.png)
काठमाडौँ । ‘इन्डियन आइडल २०१८’ का विजेता सलमान अली नेपाल आउने भएका छन् । रेडियो कान्तिपुरले आफ्नो २४औँ वार्षिकोत्सवको अवसर पारेर यही असार २२ गते राजधानीमा आयोजना गर्न लागेको ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड’मा विशेष अतिथिको रूपमा सहभागी हुन उनी नेपाल आउने भएका हुन् ।
कार्यक्रममा अलिले आफ्ना केही सांगीतिक प्रस्तुति समेत राख्नेछन् । आयोजकले सोमबार एक कार्यक्रम गर्दै अवार्डको विभिन्न पक्षबारे जानकारी दिएको छ ।
२०७८ साल साउनदेखि २०७९ साल साउनसम्म एक वर्षको अवधिमा रेडियो कान्तिपुरबाट प्रसारण भएका गीतहरूबाट विभिन्न विधा अन्तर्गत उत्कृष्ट ५ जनाको मनोनयन छनोट गर्न विशेष जुरी निर्माण गरिएको छ ।
अवार्डका लागि ७५ स्रष्टाको मनोनयन, १५ विधा अवार्ड वितरणको अलावा लाइफ टाइम अचिभमेन्ट अवार्ड समेत वितरण हुनेछ ।
अवार्ड प्रदान गरिने विधाहरूमा उत्कृष्ट नव गायक÷गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक र गायिका, उत्कृष्ट पार्श्व गायक र गायिका, उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट पक गायक र गायिका, उत्कृष्ट साङ्गीतिक समूह तथा उत्कृष्ट आधुनिक गायक र गायिका रहेका छन् ।
यस वर्ष अवार्डमा प्रकाश सपुत, स्वप्न सुमन र समीर श्रेष्ठ, सुशान्त, शिव परियार, सुवानी मोक्तान, सन्दीप क्षेत्री, सज्जन श्रेष्ठ, गजलकार प्रदीप रोदनको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन
-
ममता कुलकर्णीमाथि प्रश्न उठाउने हिमाङ्गी सखीमाथि आक्रमण
-
लागू भयो अमेरिकामाथि चीनको ‘टिट–फ–ट्याट’ अतिरिक्त महसुल
-
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो
-
वैकल्पिक राजनीतिका जन्मदाता उज्ज्वल थापाको सम्झना
-
‘झिल्के एन्ड द कम्पनी’ को गीत ‘राम्री बाहुन केटी’ सार्वजनिक