आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विपद् व्यवस्थापनका लागि निकासा भएको १ अर्ब खै ?

मङ्गलबार, ०५ असार २०८०, ०७ : ०८
मङ्गलबार, ०५ असार २०८०

काठमाडौं । विपद् व्यवस्थापन र दैवीप्रकोप व्यवस्थापनका लागि गत आर्थिक वर्ष २०७८र७९ मा विभिन्न जिल्लामा १ अर्बभन्दा बढी निकासा भए पनि त्यसको वास्तविक हिसाब किताब छैन । विपद् व्यवस्थापनका नाममा वर्षेनी अरबौंरुपियाँ निकासा भएपनि विपद्बाट अपुरणीय क्षति हुने क्रम घट्नुको साटो बढ्ने गरेको छ।

सोमबार मात्रै पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा बाढी पहिरोमा परी ५ जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढीबेपत्ता छन् । मनसुनको प्रवेशसँगै देशभरका विभिन्न जिल्लामा बाढी पहिरो आएर मानवीय तथा भौतिक क्षति हुने क्रम जारी छ। तर केन्द्र, प्रदेश तथा स्थानीय सरकारले समन्वात्मक रूपमा विपद् व्यवस्थापनका लागि प्रभावकारी काम गर्न सकेका छैनन् ।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् व्यवस्थापन कोषमा गत वर्ष मात्रै १ अर्ब रुपियाँभन्दा बढी निकासा भएपनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताइएको छ । गृह मन्त्रालयका अनुसार गत वर्ष जिल्लास्थित विपद् व्यवस्थापन कोषमा ११ करोड ७७ लाख रुपियाँ पठाइएको थियो ।

यसैगरी बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिपूर्ति बापत ३२ वटा जिल्ला प्रशासन कार्यालयमा १ अर्ब रुपियाँ निकासा भएको थियो । यस्तै, राहतमा हेलिकप्टर प्रयोग गरेवापत नेपाली सेनालाई १६ करोड ४४ लाख, निजी क्षेत्रका हेलिकप्टरलाई २४ लाख निकासा भएको थियो ।

हाल गृह मन्त्रालयअन्तर्गत रहेको विपद् व्यवस्थापन कोषमा १ अर्ब २ करोड ६२ लाख मौज्दात रहेको गृह मन्त्रालयले जनाएको छ । यसरी कोषबाट वर्षेनी विपद् व्यवस्थापनका नाममा अरबौं रुपियाँ निकासा भएपनि विपद्को प्रभावकारी व्यवस्थापन तथा विपद््बाट हुनसक्ने क्षतिको न्यूनीकरण हुन नसकेको गृहकै अधिकारीहरूको भनाइ छ ।

विपत व्यवस्थापनका नामा विभिन्न गैरसरकारी संघसंस्थाले पनि वर्षेनी अरबौं रुपियाँ खर्चने गरेपनि ती निकायले गर्ने खर्चका बारेमा गृह मन्त्रालय र मातहतको निकायले अनुगमन गर्न सकेको छैन । यो समाचार नेपााल समाचापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप