सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

एक करोडमा नयाँ सहर !

मङ्गलबार, ०५ असार २०८०, ०६ : ३३
मङ्गलबार, ०५ असार २०८०

काठमाडौं । बसाइसराइ रोक्न तथा क्षेत्रीय विकासमा सन्तुलन ल्याउन सरकारले १२ वर्षअघि मध्यपहाडी लोकमार्गले छोएका १० वटा ठाउँमा नयाँ सहर निर्माण गर्ने योजना अघि सायो । पछि नयाँ सहरको संख्या थपिँदै गयो अहिले त्यस्ता सहरको संख्या ५४ वटा पुगेको छ, सरकारले पनि ती सहरका लागि कनिका छरे बजेट विनियोजन गर्ने गरेको छ ।

नयाँ सहर आयोजनका आयोजना प्रमुख एकराज अधिकारीका अनुसार ५४ वटा नयाँ सहरमध्ये अधिकांशमा एउटा भवन बन्ने जति रकम पनि छुट्याइएको छैन ।

सहरी विकास मन्त्रालयका अनुसार नयाँ सहरको प्रगति १२ वर्षमा बढीमा ५ प्रतिशत मात्र छ । नयाँ सहरको संख्या थपिंदै जाँदा प्रगति भने शून्यसरह भएको छ । सरकारले हरेक वर्ष २ र ३ अर्ब रुपैयाँ नयाँ सहरका लागि छुट्याउने गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले नयाँ सहरका लागि ३ अर्ब १७ करोड रकम छुट्याएको छ । तर पनि नयाँ सहर निर्माणका कामले भने गति लिन सकेको देखिन्न ।

आगामी आर्थिक वर्ष २०८०/८१ मा सरकारले नयाँ सहरका लागि २ अर्ब ४ करोड रूपैयाँ छुट्टयाएको छ । सहरी विकास मन्त्रालयका उच्च कर्मचारीहरू भने पर्याप्त बजेट र प्राविधिक कर्मचारीको अभावले नयाँ सहर निर्माणले गति लिन नसकेको बताउँछन् ।

विकास मन्त्रालयका सहसचिव तथा नयाँ सहर आयोजना प्रमुख अधिकारीले १२ वर्षमा नयाँ सहरको प्रगति निकै सुस्त भएको स्वीकार गर्दै भने, 'नयाँ सहरका लागि बजेट पर्याप्त भएन। ५४ मध्ये कुनै सहरमा त १ करोड मात्र बजेट राखिएको छ। एउटा भवन बन्ने जति पैसा नयाँ सहरका लागि छुट्टयाइएको छ,' अधिकारीले भने, '१ करोड रूपैयाँले नयाँ सहर निर्माण हुन्छ ?"

सहरी विकास मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार नयाँ सहरको अवधारणा जसरी बनाइएको थियो, त्यसलाई हेर्दा अहिले नयाँ सहरको प्रगति बढीमा ५ प्रतिशत मात्र भएको छ । ती कर्मचारीले भने, 'यो भनेको निकैयो समाचार नागरिक दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप