अत्यावश्यक औषधि उपलब्ध गराउन विभागको अनुरोध
![अत्यावश्यक औषधि उपलब्ध गराउन विभागको अनुरोध](https://rpcdn.ratopati.com/media/albums/ausadhi_bjz4CgraOz.jpg)
काठमाडौँ । औषधि व्यवस्था विभागले बिरामीलाई अति आवश्यक औषधिको उपलब्धता गराउन औषधि उत्पादक, आयातकर्ता र अस्पताललाई आग्रह गरेको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बिरामीको उपचारका क्रममा जीवन रक्षक अत्यावश्यक औषधि बजारमा उपलब्ध गराउन अनुरोध गरे ।
“बिरामीको उपचारका क्रममा आवश्यक पर्ने कतिपय जीवन रक्षक अति आवश्यकीय औषधिहरु बजारमा उपलब्ध नभएको जनगुनासो पटकपटक विभागमा आउने गरेकोप्रति विभागको ध्यानाकर्षण भएको छ”, उनले जारी गरेको सूचनामा भनिएको छ ।
औषधि अभाव हुन नदिनका लागि के कस्ता प्रकारका औषधिहरु कुन कुन रोगको उपचारमा अभाव भएको छ र सोको जानकारी गर्न गराउनु हुनाका साथै त्यस्ता औषधिको व्यवस्थापनका लागि सम्भावित अभावको पूर्वजानकारीसमेत विभागमा आधिकारिक पत्र वा इमेलमार्फत सबै उत्पादक, आयातकर्ता, सरकारी, सामुदायिक तथा निजी अस्पताल र सङ्घसंस्थालाई अनुरोध गरिएको उनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र भारतबिच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति
-
स्टिल र आल्मुनियममा लगाएको अतिरिक्त करका कारण अमेरिकामा बढ्दैछ यी वस्तुको मूल्य
-
जलवायु परिवर्तनका कारण नेपालले ठुलो क्षति व्यहोरिरहेको छ: मुख्यमन्त्री लामा
-
काठमाडौँ महानगरपालिकाका प्रमुखको इजलासबाट ८०.०६ प्रतिशत विवाद निरूपण
-
भन्सार प्रमुखको सरुवा भएकोमा अर्थ समितिका सभापतिको गुनासो
-
बक्स अफिसमा राम्रो कमाइ गर्दै रि-रिलिज गरिएको ‘सनम तेरी कसम’