ग्रामीण दूरसञ्चार कोषको कार्ययोजना प्रष्ट पार्न सांसद बजगाईँको माग
सोमबार, ०४ असार २०८०, २० : १३

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले ग्रामीण दूरसञ्चार कोष परिचालन नभएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ग्रामीण दूरसञ्चार कोषको कार्ययोजना प्रष्ट पार्न सरकारसँग माग गरेका हुन् ।
सांसद बजगाईँले ग्रामीण दूरसञ्चार कोष परिचालन गर्ने सरकारले १६ अर्ब रुपैयाँ लगेको भएपनि हालसम्म उक्त रकम फिर्ता नभएको बताए ।
उनले भने, 'नेपाल दूरसञ्चार प्राधिकरण मूलतः दुईवटा कोष सञ्चालन गर्छ प्राधिकरण कोष र ग्रामीण दूरसञ्चार कोष । पहिलो कोषले आन्तरिक व्यवस्थापन गर्छ भने दोस्रोले ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तार, विद्यालयमा कम्प्युटर, ब्रडब्याण्ड, फाइबर अप्टिक विस्तार गर्ने भन्छ । ३ वर्ष पहिले सरकारले १६ अर्ब लग्यो फिर्ता गरेन अहिले १० औं अर्ब सञ्चित छ यो हाम्रो पैसा हो नि !'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्यभामा माथेमाका तीन कविता
-
बेलायतको सर्वोच्च अदालतको फैसला : ट्रान्स महिलाहरू कानुनी रूपमा महिला होइनन्
-
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन
-
'गणतन्त्रवादी एक हुनुपर्छ, पूर्वराजाको सम्पत्ति छानबिन गर्नुपर्छ'