उपप्राध्यापक प्रेम चलाउनेले थाले त्रिवि भिसी कार्यालय अगाडि आमरण अनसन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउन आमरण अनसनमा बसेका छन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलाउन त्रिवि भिसी कार्यालय अगाडि आमरण अनसनमा बसेका हुन् ।
पत्रकार सम्मेलनमा उनले देशमा न्याय मरेको बताए । आफूले न्याय नपाएको भन्दै उनले न्यायका लागि अनसनमा बस्नुपरेको बताए ।
आफूमाथि भएको कुटपिट घटनाको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि त्यसको विरोधमा उनी सोमबार जिल्ला अदालत काठमाडौँ पुगेका थिए । तर प्रहरीले उनलाई नियन्त्रणमा लिएर रिहा गरेको थियो ।
जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । त्यसको विरुद्धमा उनी आमरण अनसन बसेका हुन् ।
२० असोज २०७७ मा नेविसंघका त्रिवि जिल्ला अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायतको समूहले उनीमाथि आक्रमण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू