पाल्पाको तिनाउमा एक वर्षको अवधिमा डुबेर ९ जनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउमा एक वर्षको अवधिमा डुबेर ९ जनाको मृत्यु भएको छ । गर्मी याममा घुम्न आउने आन्तरिक पर्यटक तथा भारतीय पर्यटकहरू डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो ।
तिनाउ गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित भूत खोला, विद्युत् ड्याम साइड तथा वडा नम्बर २ को खुर्सानी लगायतका स्थानमा डुबेर मृत्यु हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार पछिल्लो एक वर्षको अवधिमा तिनाउ गाउँपालिकामा घुम्न आउने विभिन्न जिल्ला तथा भारतीय नागरिक गरी ९ जनाले पानीमा डुबेर ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १ महिला, २ बालबालिका र अन्य पुरुष रहेको उनले बताए । यहाँ धेरै जसो गर्मी छल्न आउने पर्यटकहरू यहाँका खोला तथा पोखरीहरूमा आवश्यक सुरक्षा मापदण्ड वितरित फोटो खिच्ने, पौडी खेल्ने लगायतका गतिविधि गर्ने क्रममा दुर्घटना हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की
-
पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना
-
१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म
-
स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी
-
नेपालमै पहिलोपटक पुराणवाचकको लाइसेन्सका लागि एक वर्षे प्रशिक्षण सुरु
-
त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिको होटलमा बसेको बैठकले कुनै निर्णय गर्न सकेन