समाजवादी मोर्चा राजनीतिको नयाँ मोड : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली जनताको समाजवादप्रतिको चाहाना पुरा गर्न समाजवादी मोर्चा नेपालको गठन भएको जनाएका छन् । सोमबार काठमाडौँमा आयोजित मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको चाहाना समाजवाद भएकाले सोही चाहाना पुरा गर्न चार पार्टी मिलेर समाजवादी मोर्चा नेपाल घोषणा गरिएको बताएका हुन् ।
‘ नेपाली जनता समुन्नत, शान्तिपूर्ण र स्वाधीन नेपाल बनाउन चाहन्छन्, सोही उद्देश्य पुरा गर्ने मोर्चाले बोकेको छ’, विप्लवको भनाइ छ ।
अत्यासलाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको नेपाल र नेपाली जनताका सामु थुप्रै संकटहरु रहेको उनले बताए ।
‘नागरिकमा छटपटी छ । जनता निराशा र आशाको दोधारमा छन् । यो विशिष्ट परिस्थितिमा लामो छलफल र जनताको चाहानाअनुसार आजको संकटबाट पश्चगामीलाई फाइदा उठाउन दिनुहुँदैन भनेर मोर्चा गठनको निष्कर्षमा पुगेका हौ’ विप्लवले भने, ‘नेपालको स्वाधीनता जोगाउन नयाँ लडाई अघि बढाउनुपर्छ भन्ने उद्देश्यले घोषणा भएको समाजवादी मोर्चा नेपालको राजनीतिमा नयाँ मोड हो ।’
उनले नेपाली जनताले मुक्तिको बाटो खोज्ने भन्दै आउने भविष्य कुनैपनि साम्राज्यवादीले नभएर नेपाली जनताले सुनिश्चित गर्ने बताए । उनले अव देशको नेतृत्व देशभक्तहरुले गर्ने भन्दै देशभक्तहरुले नेतृत्व गर्न सक्ने दाबी समेत गरे । युवा पुस्तालाई निराश नहुन आग्रह गर्दै विप्लवले समाजवादी मोर्चाका प्रतिविद्धतामार्फत नेपाललाई उज्यालो भविष्यतर्फ लैजाने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
लेबननको सान्त्वना जित, दोस्रो खेलमा बलियो म्यानमारसँग भिड्दै नेपाल