समाजवादी मोर्चा
समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि मोर्चामा समेट्ने घोषणा
सोमबार, ०४ असार २०८०, १६ : ५०

काठमाडौँ । चार दलीय समाजवादी मोर्चामा समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि समेट्ने घोषणा गरिएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बीच सार्वजनिक गरिएको प्रतिबद्धतात्रपमा समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि मोर्चामा समेट्ने घोषणा गरिएको हो ।
‘यस सहमति–पत्रमा सहमति जनाई हस्ताक्षर गर्ने दलहरू यस मोर्चाको सदस्य हुने छन् । मोर्चा निर्माण भइसकेपछिको अवस्थामा समितिले निर्णय गरी अन्य समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि यसमा समावेश गर्न सकिने छ’, प्रतिबद्धतापत्रमा भनिएको छ । यसका सदस्यहरूले मोर्चाको नीति, कार्यक्रम र उद्देश्य विपरीत हुने गरी आफ्नो गतिविधि नगर्ने पनि प्रतिबद्धता जनाइएको छ ।
तर आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न स्वतन्त्र हुने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?