मन्त्री रिजाल चीन प्रस्थान
सोमबार, ०४ असार २०८०, १६ : ३८

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । मन्त्री रिजाल चीनको निमन्त्रणामा १३औँ काशी कमोडिटी फेयरमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । चीनको सिनचियाङ्ग स्वशासित क्षेत्रको काशी प्रान्तमा असार ६ गतेदेखि १० गतेसम्म फेयर आयोजना हुनेछ । फेयरको मुख्य उद्देश्य सिल्क रोड ईकोनोमिक बेल्टमा रहेका मुलुकहरूसँगको सम्पर्क सञ्जाल अभिवृद्धि गर्ने रहेको छ । त्यसैगरी बाह्य विश्वसँग खुला हुने मञ्चहरूलाई मजबुत पार्ने तथा खुलापनलाई बढाउने रहेको छ ।
मन्त्री रिजालसँगै भ्रमण टोलीमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी तथा मन्त्री रिजालका स्वकीय उपसचिव बृहस्पति कृष्ण श्रेष्ठको सहभागिता रहेको छ । पाँच दिने शिखर सम्मेलन सकेर मन्त्री रिजाल स्वदेश फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८४ को चुनावमा कांग्रेस–एमालेबिच गठबन्धन गर्न प्रचण्डको चुनौती
-
मातृभूमि पार्टीद्वारा संघर्षका कार्यक्रम घोषणा
-
प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्छ : मन्त्री दाहाल
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र स्थायित्व र सुशासन दिन सक्छ : प्रचण्ड
-
मुसामा पनि भेटियो बर्ड फ्लू
-
खुला लन टेनिसमा प्रदीपको ह्याट्रिक