बङ्गलादेश : २६ जनालाई फाँसी दिने जल्लाद शाहजहाँ ३२ वर्षपछि रिहा, जेलबाट बाहिर आएर भने...

बङ्गलादेशको इतिहासमा सबैभन्दा बढी मानिसलाई फाँसी दिने जल्लाद शाहजहान भुइया जेलबाट रिहा भएका छन् ।
७४ वर्षीय शाहजहाँ भुइयालाई जल्लाद शाहजहाँ पनि भनिन्छ । ३२ वर्षको जेल सजायपछि उनी आइतबार रिहा भएका हुन् ।
बीबीसी बङ्गलाका अनुसार जल्लाद शाहजहाँले बङ्गलादेशमा मृत्युदण्डको सजाय पाएका २६ जना दोषीलाई विभिन्न कारागारमा जल्लादको कर्तव्य निर्वाह गर्दा फाँसी दिएका थिए ।
शाहजहाँ भुइँयालाई सन् १९९१ मा प्रहरीले पक्राउ गरेको थियो । उनलाई हतियार राखेको मुद्दामा १२ वर्ष र डकैती–हत्या मुद्दामा ३० वर्ष कैद सजाय सुनाइएको थियो ।
उनलाई ४२ वर्षको जेल सजाय सुनाइएको थियो तर जेलमा उनलाई राम्रो व्यवहारका कारण सजायमा छुट दिँदै ३१ वर्षपछि रिहा गरिएको हो ।
जेलमा रहँदा पनि उनले जल्लादको काम गरे । एक दशक जेल बसेपछि उनले सन् १९८९ मा सहायक जल्लादका रूपमा आफ्नो जीवनको नयाँ अध्याय सुरु गरे । आठ वर्षपछि सन् १९९७ मा उनी प्रमुख कार्यकारी अधिकृतको पदमा बढुवा भए ।
जेलबाट रिहा भएपछि शाहजहाँले के भने ?
जेलबाट छुटेपछि जल्लाद शाहजहाँले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘मसँग बस्ने ठाउँ नभएकोले मलाई घर चाहिन्छ । प्रधानमन्त्रीलाई घर दिन अनुरोध गर्दछु ।’
‘मसँग मेरी बहिनी र भतिजा मात्र छन्, तर लामो समयदेखि सम्पर्कविहीन भएका छन् । अब बाँच्नको लागि अरूको दयामा भर पर्नुपर्ला कि भन्ने डर छ ।’
उनले भने, ‘म मेरो बाँकी जीवन शान्तिसँग बिताउन चाहन्छु ।’
मानिसलाई फाँसी दिनुपर्यो भनेर कुनै पछुतो छ त भनेर उनलाई प्रश्न सोधिएको थियो । यसको जवाफमा उनले भने, ‘कसैलाई मृत्युदण्ड दिने भन्ने निर्णय मैले गर्ने होइन । यो काम अदालतको हो ।’
‘अहिलेसम्म फाँसी दिइएका सबैले सर्वोच्च अदालत र राष्ट्रपतिसमक्ष पनि माफीका लागि अपिल गरेका छन् । उनीहरूको अपिल खारेज हुँदा मैले किन पछुताउनु पर्यो र ? ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?