बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपालसँग ईएसजी सम्झौता

काठमाडौँ । नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (इनन्) बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइतबार एक कार्यक्रमका बीच संघका अध्यक्ष सुनिल केसी र इनन्का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनामा अवस्थित युनिभसिटी अफ पोमयु फाबर बार्सिलोनिया स्कुल अफ म्यानेजमेन्ट (युपीफए–बीएसएम) को वातावरणीय,सामाजिक र सुशासन (ईएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गरिने छ । सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा ईएसजीसँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान