मेहेन्दीका तस्बिर सेयर गर्दै पूर्व बैंकर रविनाले भनिन्, ‘छोराछोरीले समर्थनले यो यात्रालाई पूर्णता दिएको छ’
![मेहेन्दीका तस्बिर सेयर गर्दै पूर्व बैंकर रविनाले भनिन्, ‘छोराछोरीले समर्थनले यो यात्रालाई पूर्णता दिएको छ’](https://npcdn.ratopati.com/media/news/rabina--_McHVj1IvIA.jpg)
पूर्व बैंकर रविना देशराज श्रेष्ठले सामाजिक सञ्जालमा मेहेन्दीको तस्बिर सेयर गरेकी छिन् । उनले इन्स्टाग्राममा आफ्नो मेहेन्दी समारोहका १० वटा तस्बिर पोस्ट गर्दै आफ्नो व्यक्तिगत जीवनको नयाँ यात्रा धेरै महिना अघि सुरु भएको बताएकी छिन् ।
रविना विगत केही समयदेखि स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग प्रेम सम्बन्धमा छिन् । यी दुईले गत भ्यालेन्टाइन्स डेमा इन्गेजमेन्ट गरेका थिए ।
उनले लेखेकी छिन्, ‘अब मलाई थाहा छ कि म जीवनको यो यात्रामा एक्लै छैन । मेरो छेउमा मेरो एक जना साथी, सहयात्री र माया रहनेछन् । तिमीलाई पाउँदा आफूलाई भाग्यमानी ठान्छु र अबका धेरै वर्ष तिमीसँग बिताउनका लागि उत्साहित छु । हामीले अब हाम्रो जीवनलाई अघि बढाउन सक्छौँ तर छोराछोरीको साथ र समर्थनले यो यात्रालाई थप पूर्णता दिएको छ । ’
उनले थपेकी छिन्, ‘मेहेन्दी समारोहबाट सुरु गरेर हामीले कहिल्यै नगरेको कुरालाई अनुभव गरिरहेका छौँ । हामीसँग तपाईंको माया, समर्थन र आशीर्वाद छ भन्ने थाहा पाएर तपाईंहरुसँग केही पलहरू साट्दै छौँ ।’
इन्गेजमेन्टमा रविनाका दुई छोरा – आयुष्मान, आशिर्मान, बुहारी प्रियंका कार्की, नातिनी, सम्धीनी (प्रियंकाकी आमा) लगायत विभिन्न व्यक्तिको उपस्थिति थियो ।
मेहेन्दी समारोहको तस्बिर साझा भएपछि अब यी दुईले छिट्टै विवाह गर्न लागेको हुन् कि भन्ने धेरैले अनुमान गरेका छन् । तर विवाहको मितीबारे भने हालसम्म केही जानकारी छैन ।
तस्बिरः रबिना देशराजको इन्स्टाग्राम, अल्फा पिक्चर्स नेपाल