अविरल वर्षा र पहिरोका कारण सिक्किमका सयभन्दा बढी घरमा क्षति
![अविरल वर्षा र पहिरोका कारण सिक्किमका सयभन्दा बढी घरमा क्षति](https://npcdn.ratopati.com/media/news/newskarkahna-news528200._oF0vXUwQyR.jpg)
गान्तोक। सिक्किममा भारी वर्षा र पहिरोका कारण मानिसहरू ठुलो समस्यामा परेका छन्। भारी वर्षाका कारण पश्चिम सिक्किम जिल्लामा पहिरोमा परी सयभन्दा बढी घरमा क्षति पुगेको हो । अहिलेसम्म कुनै हताहतको खबर भने आएको छैन ।
अविरल वर्षाले राज्यका पूर्वाधार र सम्पत्तिमा व्यापक क्षति पुगेको छ । वर्षाका कारण धेरै नदीहरु खतराको निशान भन्दा माथि बगेका छन् । उत्तरपूर्वी भारतमा आगामी तीन दिनसम्म भारी वर्षा र हावाहुरीका लागि ‘ओरेन्ज अलर्ट’ जारी गरिएको छ। उत्तरादेखि सोपखा जोड्ने सडकमा रहेका दुईवटा पुल पूर्णरुपमा बगेको समाचारमा जनाइएको छ । यससँगै नजिकैका पोल्ट्री फार्महरू पनि बगेका छन् ।
त्यसैगरी, डेन्टमदेखि पेलिङ र ग्याल्सिङ जोड्ने सडक कालज खोलाले पूर्णरुपमा बगाएको छ । खोलाको पानीको बहाव बढेपछि एउटा कच्चा घर, एउटा सिमेन्टको भवन, दुईवटा श्मशानस्थल र एउटा भारी खन्ने मेसिन पनि बगेको छ ।
सोमबरियाको तल्लो ओखरेमा रहेको दावा सांगे शेर्पाको घर अविरल वर्षाका कारण भत्किएपछि त्यहाँ बस्ने सबैलाई सुरक्षित स्थानमा सारिएको छ । रामम नदीको पानीको बहाव बढेपछि पश्चिम बङ्गाल जोड्ने सीमा क्षेत्रमा रहेका सबै अस्थायी पुलमा क्षति पुगेको छ ।
लाचेन, लाचुङ र चुङ्थाङ उपत्यकामा शुक्रबार पनि भारी वर्षा भएको थियो । जसका कारण उत्तर सिक्किमको जिल्ला सदरमुकाम मंगनदेखि चुङथाङ जाने बाटो पेगोङ सप्लाई खोलामा अवरुद्ध हुँदा यातायात अवरुद्ध भएको छ । उत्तर सिक्किममा पहिरो र सडक अवरुद्धका कारण करिब ३,५०० पर्यटक फसेका थिए, जसलाई सेनाले उद्धार गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध गर्नु हो : उपमहासचिव ज्ञवाली
-
प्रभु साहको प्रश्न : शान्तिपूर्ण विरोध सभा गर्ने ठाउँ कहाँ छ ?
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यादेशबारे छलफल
-
जनमुक्ति सेना नेपालका तत्कालीन कमान्डर थापाको निधन
-
भारतको जबलपुरमा मिनीबस दुर्घटना, कुम्भ मेलाबाट फर्किएका सात जनाको मृत्यु
-
कोशीमा आमसञ्चार विधेयक बहस : सत्तारुढ सांसद नै संशोधनको पक्षमा