‘आदिपुरुष’को प्रदर्शनमा पोखरा महानगरपालिकाले पनि लगायो रोक

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’ विवाद दिन प्रतिदिन बढ्दो छ । फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक्न एकपछि अर्काे गर्दै नेपाल महानगरपालिका अगाडि आउन थालेका छन् ।
यस्तैमा पोखरा महानगरपालिकाले पनि आफ्नो नगर क्षेत्रका हलमा फिल्म रोक्न पत्राचार गरेका छन् । मेयर धनराज आचार्यले एक पत्र लेख्दै स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउनलाई फिल्म रोक्न पत्र पठाएको हो ।
आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले आज सोमबारदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।
फिल्म निर्माण कम्पनी सुपर क्यासेट्सले काठमाडौं महानगरका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई आइतबार बेलुका पठाउँदै फिल्ममा समावेश संवादले संवेदनामा पर्न गएको चोटप्रति माफी मागेको छ । तर फिल्ममा समावेश विवादित सम्वाद हटाउने बिषयमा भने केही बताएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षमा ‘गोदरेजसँग नयाँ सुरुवात’ अफर
-
पूर्वडीआईजी छविलाल जोशीको स्वास्थ्यमा के समस्या देखिएको हो ?
-
चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर, एकै पल्ट ६० देशलाई तनाव
-
चैते दसैँमा कालिका भगवती मन्दिरमा रु ४२ लाख भेटी सङ्कलन
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
बंगालको खाडीबाट जलवास्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षाको सम्भावना