ठूला र घरानियाँ उद्योगीलाई मात्र कर्जा दिने परिपाटी रोक्न महिला उद्यमीको आग्रह

बुटवल । रुपन्देहीमा उद्यमशीलता विकासका लागि बैंक तथा वित्तीय संस्थाबाट दिने कर्जालाई सरल र सहज बनाउन महिला उद्यमीहरुले माग गरेका छन् ।
उनीहरुले बैंकहरुले विपन्न कर्जा र महिला उद्यमशीलता शीर्षकको ऋणमा लक्षित वर्गको लागि छुट्याउने गरे पनि आफूहरुले सहज रुपमा नपाएको गुनासो गरेका छन्
साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सञ्चारिका समूह लुम्बिनीले एकल तथा द्वन्द्वपीडित उद्यमी महिलाहरूसँग बुटवलमा गरेको एक कार्यक्रममा उनीहरुले सो गुनासो गरेका हुन् ।
बैंक तथा वित्तीय संस्थाले महिला उद्यमशीलता, साना तथा मझौला उद्योगमा १५, विपन्न वर्गमा ५, कृषिमा १५ र ऊर्जामा १० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान रहे पनि सो अनुसारको नपाएको उनीहरुले बताए ।
धेरै बैंकहरुले लक्ष्यअनुसार खर्च नगर्दामहिला उद्यमीहरु समस्यामा परेको लुम्बिनी महिला उद्यमी संघकी अध्यक्ष रचना पन्थले बताइन् ।
उद्यमी रीता सेनले महिलाभित्र पनि एकल, द्वन्द्वपीडित र सीमान्तकृत समुदायकालाई प्राथमिकतामा राखेर महिला उद्यमशीलता र विपन्न कर्जा दिन आग्रह गरिन् ।
उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलमले बैंकहरुले सहुलियत कर्जा दिनभन्दा बरु जरिवाना तिर्न सहज मान्दा विपन्न तथा थोरै ऋण चाहने महिला उद्यमीहरु सेवाप्रवाहबाट वञ्चित भएको बताए ।
चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले ठूला र घरानियाँ उद्योगी व्यवसायीलाई मात्र कर्जा दिने परिपाटी रोक्न सके आम महिला उद्यमीहरु बैंकको पहुँचमा पुग्ने बताए ।
अर्थ विश्लेषक मनिकर कार्कीले सरकारले महिला र साना उद्यमीलाई प्रोत्साहन गर्न साना प्रविधिको विकास, उद्योग दर्तादेखि ऋण प्रवाहमा सरल प्रक्रिया अपनाउनु पर्ने बताए ।
साइन रेसुंगा बैंकका डेपुटी सिइओ लोकराज पनेरुले बैंक उद्यमीका सहयोगी भएकाले परियोजना जोखिममा पर्ने अवस्था नभए कर्जा प्रवाह नरोक्ने बताउँदै कोही उद्यमी हतोत्साही हुन नपर्ने बताए ।
उनले आफ्नो बैंकबाट ६० करोड रुपैया महिला उद्यमीलाई प्रवाह भएको बताउँदै विपन्न,साना उद्यमी लगायतका लक्षित र सहुलियत कर्जामा बैंक लक्ष्यभन्दा माथि रहेको बताए ।
राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्येन्द्रराज सुवेदीले महिला, साना तथा लघु उद्यम बढाउन विपन्न कर्जामा बैंकहरुले विनाधितो परियोजना हेरेर पनि ऋण प्रवाह गर्न अनिवार्य गरेको बताए । उनले कुनै बैंकले लक्षित वर्गको सहुलियत कर्जा दिन आनाकानी गरे राष्ट्र बैंकलाई जानकारी दिन पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म
-
विश्वकपको बदला, अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा