आईसीसी एकदिवसीय विश्वकप छनोट
सोमपालले जिम्बाबेको पहिलो विकेट लिए
आइतबार, ०३ असार २०८०, १७ : २५

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जिम्बाबेको पहिलो विकेट लिएको छ । नेपालका बलर सोमपाल कामीले जिम्बाबेका ओपनर ब्याट्सम्यान जोयलर्ड गुम्बीको विकेट लिएका हुन् ।
सोमपालले जोयलर्डलाई एलबीडब्लू आउट गराएका थिए । त्यतिबेला जोयलर्ड २५ रनमा खेल्दै थिए । टोलीको कुल स्कोर ४५ रन रहँदा जिम्बाबेले पहिलो विकेट गुमाएको हो । नेपालले दिएको दुई सय ९१ रनको लक्ष्य पछ्याउँदै जिम्बाबे ब्याटिङ गरिरहेको छ । नेपालले भने ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९० रन बनाएको थियो ।