ट्रेड युनियन कांग्रेसको महाधिवेशन सोमबारदेखि
काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन सोमबारदेखि सुरु हुने भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले आज पत्रकार सम्मेलन गरी असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले विधानत ७७ वटै जिल्ला, सातवटै प्रदेश र २७ वटै आवद्ध राष्ट्रिय सङ्घको अधिवेशन सम्पन्न गरी सातौँ महाधिवेशन गर्न लागेको जानकारी दिए । उनले नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो विधानमार्फत युवा र महिलाको सहभागितालाई बढाएको बताए । जिल्ला, प्रदेश र आवद्ध सङ्घमा महिला र युवा सहभागिता बढाउन नेपाल ट्रेड युनियन कांग्रेस लागेको आचार्यको भनाइ थियो ।
पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले वर्तमान समयमा श्रमिकका मुद्दा थप चुनौतीपूर्ण बन्दै गएकाले भोलिदेखि हुने महाधिवेशनले श्रमिकको मुद्दालाई व्यापक रुपमा उठाउने बताए । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले महाधिवेशनले नेपाली श्रमिकका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्ने बताए । उनले नेपाल ट्रेड युनियन कांग्रेसको गत वर्ष सम्पन्न राष्ट्रिय सम्मेलनबाट महासङ्घको अध्यक्षलगायत ४९ पद र महिला समिति तथा युवा समिति चयन गरेर सम्पन्न हुने जानकारी दिए ।
नेपाल ट्रेड युनियन कांग्रेस सातौँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले आगामी दिनमा ट्रेड युनियन कांग्रेसलाई थप बलियो र सशक्त बनाउनका लागि सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन सङ्गठन निर्माण गर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही
-
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ३ जना नेपालीको सनाखत
-
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
-
आज तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस
-
लस एन्जलसमा फेरि दन्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो