मेची राजमार्ग सुचारु गर्न बेलीब्रिज लगिँदै
काठमाडौँ । मेची राजमार्गको हेवाखोलामा बेलीब्रिज राखिने भएको छ । गए रातिदेखिको अविरल वर्षा र बाढीले बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा त्यहाँ बेलीब्रिज पठाउन लागिएको हो ।
उपप्रधानमन्त्री श्रेष्ठको उपस्थितिमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि नै मनसुन पूर्वतयारी एवं प्रतिकार्य कार्ययोजना तयार पारिसकेको छ। प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्धारका लागि सम्बन्धित निकायहरूको जिम्मेवारी तथा उपकरणहरूको विवरण तय भैसकेको र सोही कार्ययोजनाअनुसार बेलीब्रिज पठाउन लागिएको बताए ।
हेवाखोलामा सडक विभागको इटहरीस्थित कार्यालयबाट बेलीब्रिज पठाउन लागिएको हो । विभागका महानिर्देशक सुशीलबाबु ढकालले प्राविधिक टोलीसहित आजै बेलीबिज्र पठाउने तयारी भइरहेको जानकारी दिए ।
बाढीले पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४५ लाख आम्दानी
-
लिभरपुल इएफएल कपको फाइनलमा
-
कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
-
पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला देशभरको मौसम ?
-
फराकिलो जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा, टोरेसले गरे ह्याट्रिक
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल