राधा र आठ मार्च
निर्मला न्यौपाने
पहिले ‘पञ्चायतको चाहना ः शान्ति र सिर्जना’ भन्थे । अहिले ‘समृद्धि र विकास ः सबै समस्याको निकास’ भनेका छन् । बोली थोरै फरक भए पनि लोली उस्तै छ । समयको गति तीव्र भए पनि ठालुका मतिमा सकरात्मकता शून्य छ । ठालु भनेको कुनै न कुनै रूपमा राज्यको सुविधा लिएर समाजमा ‘सम्मान’ लिई बसेकाहरू हुन् । ती घुनकीरा जस्ता छन् । अन्नभित्रै बस्छन् । निश्चित आयु बाँच्छन् र मर्छन् । एक वर्ष बित्नै लाग्दासम्म स्थानीय तहमा कतै पनि जनताले आशा गरेजस्तो काम भएनन् । बरु घोर निराशा छर्ने काम प्रशस्त भएका छन् । हिजो जुन बाटोमा पञ्चहरू हिँडे, आज स्थानीय तहका ‘जनप्रतिनिधि’हरूले ठ्याक्कै त्यही बाटो समाएका छन् । पञ्चहरू थोथोरै लुकाएर खान्थे । आज देखादेखी हुसुर्छन् र ‘निर्भिकता’ देखाउँछन् । माओवादी केन्द्र सत्तासीन भइहाल्यो । बिप्लवलाई अदालतले पक्राउ पुर्जी काटेको छ । खौवाहरू मुसुक्क हाँसेका छन् । काङ्ग्रेसले मीठो गीत गाउने धुनमा काग भएर रोटी भुइँमा झार्यो । स्याल रोटी टिपेर रमाएको छ । फागुन ११ को एउटा राष्ट्रिय दैनिकमा युग पाठक लेख्छन्, ‘सैद्धान्तिक सङ्कटमा वाम गठबन्धन !’ यहाँ सैद्धान्तिकताको बहस होइन, आठ मार्चबारे सामान्य पुनः चर्चा गर्न खोजिएको हो ।
सात वर्षकी बालिका र साठी वर्षकी बिरामी वृद्धा बलत्कारमा परेपछि ‘महिला सुरक्षा दबाब समूह’की अध्यक्ष सावित्री थापा दलबलसहित नवनियुक्त प्रधानमन्त्रीकहाँ पुगिन् र ‘महिला अधिकार कर्मी’को सुरक्षाको माग गरिन् । हतार–हतार एउटा राष्ट्रिय दैनिक (१०÷२३)मा हिसिला यमीले लेखिन्, ‘माघ ०७ को बलत्कारको घटनालाई मिलापत्र गराउन ३० लाख रूपियाँको चलखेल बिचौलियाबाट भइरहेको गन्ध आइरहेको छ !’ अरू थपिन्, ‘जनयुद्धताका जब महिलाहरूको सहभागिता बढ्न थालेको थियो, त्यतिखेर म माओवादी पार्टीको महिला विभागको प्रमुखको हैसियतले हर्षित थिएँ ।’ आठ मार्चबारे धेरैले लेखे । रोचक र प्रेरक कुराहरू आए । यादव देवकोटाका अनुसार ‘एमालेसँग एकता गरेर जनयुद्धको कार्यभार पूरा गर्ने स्तरको भव्य मजाकलाई माओवादी केन्द्रले जनताको चेतनाको स्तरमाथि ठट्यौली बनाएर थोपर्ने रहर गरेको छ ।’ यस्ता अभिव्यक्तिलाई ‘बिरोधको स्वर’ ठानेर उपेक्षा गरिनु मान्छेलाई बिप्लव समूहतिर धकेल्नु हो । आठ मार्चकै प्रसङ्गमा ‘ठालु’हरूको सङ्कीर्ण स्वार्थ देशलाई भाडखालोमा जाक्ने खालको भयो । यो चाडलाई नेपालमा सर्वाधिक महत्वको बनाउन सकिन्छ ।
यहाँ सर्वपक्षीय सहभागिताको सम्भावना बढी छ । ठालुहरूको चासो यता देखिएन ।
हिजो राष्ट्रपतिको ओहोदामा रहँदा रामवरणले जे गरे त्यसैको परिणति आज भोगिँदैछ । साँचो अर्थको जनअनुमोदित संविधान–सभा ढल्यो । बलशाली अन्तरिम संविधानलाई चौपट पारियो । अनैतिक र अवैधानिक तवरले खिलराज रेग्मीको चुनावलाई स्वीकार गरियो । सुशील कोइरालाको थाप्लोमा कलङ्कको भारी थोपरेर ‘संविधान’ जारी त गरियो तर जनताले नाकाबन्दीको सास्ती खेप्नुपर्यो । एमाले मधेसलाई ‘कालो भूत’ र ‘विनाजनमतका मसिहा’ भन्थ्यो, ती अहिले जनमत प्राप्त शक्ति भए । नेपाली भाषामै भोट माग्न जान्नेहरू शपथका बेला नेपाली बोल्न नजान्ने भए । पहाडमा भन्दा मधेसमा अन्धविश्वास र रुढी धेरै चर्को देखियो । एमाले नेता, मेयर ममताप्रसाद त एकजना प्रतिनिधि पात्र मात्र हुन् । पैसाका लागि जस्तोसुकै अपमान झेल्न तयार हुने नामका ‘मान’ मेयरहरू कसरी सच्चिएलान् ? भीम रावल कस्सिएका छन्, कारवाही होला त ममताप्रसाद चौधरीलाई ? ऐँजेरुले जराको महत्व बुभ्mदैन । काङ्ग्रेसको छाया सरकारका मान्छेहरू अलिकति जुठो दूधभातका लागि म्याउँ–म्याउँ गर्ने बिरालो जस्ता छन् । प्रतिपक्षमा बस्ने काङ्ग्रेसको बानी छैन ।
माओवादी केन्द्रलाई एमालेमा विलय ठानिँदैछ । विश्लेषक अरुण बरालका भन्छन् ‘हे भगवान् एमालेको रक्षा गर !’ पशुपतिनाथले राजतन्त्रको रक्षा गरेनन् । प्रधानमन्त्रीले वाचा गरे, ‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन दिन्नँ !’ म आप्mनै महानगर पोलेमतिर फर्किन्छु, आउला त केही सुधार ? आशा गर्नै पर्छ तर राज्यद्वारा आठ मार्चलाई लोप्पा ख्वाइएको साँचो हो । प्रधानन्यायाधीश र पाइलटको ससानो गल्ती ठूल्ठूलो नोक्सानीका कारण बनेका छन् ।
आठ मार्चबारे केही दिनअघिदेखि नै म अपडेट हुन खोज्दै थिएँ । योग मायाको कथा र जनयुद्धका महिला–वीरगाथाले द्रवित पार्थे । उठेर ‘रातो पाटी’मा कामिनी राजभण्डारी, सावित्रा गौतमका अन्तर्वाता पढेँ । तसलिमाको लेख पढेँ ।
फागुन २६ गते थाहा पाएँ, आठ मार्चकै दिन संसारकै मथिङ्गल हल्लाउने महिला हिंसा नेपालमै भएछ । युट्युबको दृश्यले कहालिएँ । हामी कहाँ छौँ ? पटक–पटक मनमा कुरा खेल्यो, खेलिरहेको छ । कैलाली, घोडाघोडी नगरपालिका–५ की एक छात्रालाई बोक्सीको आरोपमा निर्घात कुटिएको दृश्यले मन खिन्न भइरह्यो ।
भुसतिघ्रे मान्छे र एउटी महिला किशोरीमाथि लातमाथि लात र थप्पडमाथि थप्पड वर्षाउँछन् । लुस्छन् र भुइँमा घिसार्छन् । सयौँ मान्छे ट्वाल्ल हेरिरहन्छन् । पीडितले कुनै हारगुहार पाउँदिनन् । सीता माताको कथा पढेर रुनेरु राधा चौधरीको महा पीडामा हाँस्छन् । ‘युनिभर्सिटीबाट अङ्ग्रेजीमा मास्टर्स पढेको युवा जनप्रतिनिधि भएको छ, तर आप्mनै गाउँमा एउटी किशोरी बोक्सीको आरोपमा सार्वजनिक रूपमा कुटिँदा बोल्न सक्नुहुन्न भने तपाईंको शिक्षालाई र जनताबाट तपाईंले पाएको विश्वासलाई के भन्ने होला ?’
पोलेममा स्थानीय तहको चुनाव हुँदा काङ्ग्रेस–माओवादी गठबन्धन बन्यो । माओवादी मेयरका उम्मेदवारले उम्मेदवारी झिके तर माओवादी कार्यकर्ता ‘हात काटिन्छ, रुखमा भोट हालिँदैन’ भन्दै हिँडे । एमाले नेताले शानदार रुपमा जिते । माओवादी धारकाको रोजीरोटी खोसियो । वडाअध्यक्ष विद्यादात्री नेतृ भइन् । सहिदको सालिक रातारात ढल्यो, रातारात अन्य सालिकहरु ठडिए । अहिले मरिच आप्mनै रागले चउरिएको छ । अहिले मेयर ममताप्रसादमाथि गोली चलेको छ । आतङ्कको सानो बीउले भयङ्कर रूप लिन खोज्दैछ । अनलाइन खबरमा राधा पोख्रेलले लेखेकी छन्, ‘१४ मिनेटको भिडियो ४० पटक हरेँ । जति पटक हेर्यो, त्यतिपटक आँखा आँसुले भरिए । मनभित्र सुनामी चल्यो । गिदी उम्लिएर पड्किनै लागेको बम जस्तै भयो ।’
पोलेममा आब कानुन बन्दैछ, कानुनका स्नातक जनप्रतिनिधिहरू कति होलान् कन्नि । पक्की भाषाको एक टुक्रा कविता डायरीमा सारेकी छु ।
‘घर से निकलना काम पर
और काम से लौटकर घर आना
सब से खतरनाक होता है
हमारे सपनोँ का मर जाना !’
आठ मार्चको क्यालेन्डर एक वर्ष पर धकेलिएको छ । यसलाई विस्मृतिको धुलोले छोपिदिनु हुँदैन । राम नामका हरामहरूले सजाय र राधाहरूले न्याय पाउनै पर्छ । प्रधानमन्त्रीले उच्च मनोबलका साथ सपना बाँड्नु भएउको छ । जनप्रतिनिधि भएका उहाँकै कार्यकर्ताहरू न्यूनतम् मानवीय भावनाबाट कोशौँ टाढा पुग्नु खतरनाक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडीसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : मन्त्री अधिकारी
-
क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग
-
निर्वाचन आयोगद्वारा पर्यवेक्षकहरूसँग अन्तरक्रिया
-
नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा समूहले कार दिने
-
कतै समाजवाद शब्दले बिगारेको त छैन ?
-
सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा