रातभर पानीमा भिजाएर खानुहोस् यो ड्राई फ्रुट, यस्ता छन् पाँच अपत्यारिला फाइदा
काजूलाई उत्कृष्ट स्वाद र पोषक तत्त्वको खजाना मानिन्छ । यसलाई विश्वमा सबैभन्दा बढी खाइने ड्राई फ्रुट मान्न सकिन्छ । काजूलाई धेरै तरकारी र मिठाईहरूमा राखिन्छ । यसो गर्दा खानाको स्वाद बढ्छ । काजू खाँदा जति स्वादिलो हुन्छ, त्यति नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यदि काजूलाई रातभर पानीमा भिजाएर बिहान उठेपछि खाएमा यो ड्राई फ्रुटले तपाईंको शरीरमा शक्ति सञ्चार गर्छ र रोगको जोखिम पनि हटाउँछ । आज हामी तपाईंलाई काजूका ५ ठुला फाइदा बारे बताइरहेका छौँ ।
पोषक तत्त्वको भण्डार
काजूलाई पोषक तत्त्वको भण्डार भन्न सकिन्छ । काजूमा भिटामिन, फाइबर, कार्बोहाइड्रेट, हेल्दी फ्याट लगायतका धेरै पोषक तत्व पाइन्छ, जुन शरीरका लागि निकै महत्त्वपूर्ण हुन्छ । वेब एमडीको रिपोर्ट अनुसार ३० ग्राम काजूमा १६५ क्यालोरी हुन्छ । प्रोटिन ४ ग्राम, फ्याट १४ ग्राम, कार्बोहाइड्रेट ९ ग्राम, फाइबर १ ग्राम र चिनी १ ग्राम हुन्छ । यसमा म्याग्नेसियम, जिङ्क, फस्फोरसलगायत धेरै स्वस्थ तत्त्वहरू हुन्छन् ।
कोलेस्ट्रोल घटाउँछ
काजूको नियमित सेवनले केही हदसम्म खराब कोलेस्ट्रोल घटाउन मद्दत गर्छ । एक अनुसन्धानमा यो कुरा बाहिरिएको हो । काजूमा धेरैजसो बोसो स्टेरिक एसिडबाट आउँछ, जसले रगतको कोलेस्ट्रोलमा तटस्थ प्रभाव पार्छ । हरेक दिन काजू खाँदा कोलेस्ट्रोलको समस्याबाट छुटकारा पाउन सकिन्छ । तर, काजूमा क्यालोरी बढी हुन्छ र यसलाई संयमित मात्रामा सेवन गर्नुपर्छ ।
हृदय रोगको जोखिम घटाउँछ
काजूले एलडीएल कोलेस्ट्रोल घटाउनुका साथै मुटुको स्वास्थ्यमा सुधार गर्न मद्दत गर्छ । काजूमा म्याग्नेसियमको मात्रा उच्च हुन्छ, जसले गर्दा यसले मुटु रोगबाट बच्न मद्दत गर्छ । म्याग्नेसियमको पर्याप्त सेवनले इस्केमिक हृदय रोगको जोखिम कम गर्न सक्छ, जुन प्रायः मुटुलाई पर्याप्त रगत नपाउँदा हुने गर्छ ।
स्ट्रोकको जोखिम कम
काजूमा पाइने म्याग्नेसियमले स्ट्रोकको जोखिम कम गर्न मद्दत गर्छ । स्ट्रोक एक घातक अवस्था हो जसमा मानिसको दिमागमा पर्याप्त मात्रामा रगत पुग्न पाउँदैन र तन्तु खराब हुन सुरु हुन्छ । यसका कारण मानिसलाई प्यारालाइसिस हुनसक्छ र उनीहरूको शरीरको आधा हिस्साले काम गर्न बन्द गर्छ । स्ट्रोकले हरेक वर्ष लाखौँ मानिसको ज्यान लिन्छ ।
मधुमेह नियन्त्रणमा रहन्छ
मधुमेहका रोगीले पनि काजू खान सक्छन् । काजूमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ विशेष गरी अन्य सामान्य स्न्याक्सको तुलनामा यो निकै कम हो । यसले ब्लड सुगरमा खासै असर गर्दैन जसका कारण टाइट टु मधुमेहलाई नियन्त्रणमा राख्न मद्दत मिल्छ । थुप्रै अनुसन्धानले पनि के भनेको छ भने काजूको सेवनले मधुमेहको खतरा कम हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ १ देखि सिन्धुपाल्चोकको सुकुटेमा बिच भलिबल प्रतियोगिता हुने
-
बक्स अफिसमा भूल भुलैयाभन्दा बढी कमाउँदै छ यो फिल्म
-
प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल
-
युक्रेनलाई ब्यालिष्टिक मिसाइल सहयोग गर्दै अमेरिका, रुसका लागि खतरा !
-
कारको दाह संस्कार भन्दै जसले गरे ६ लाख खर्च
-
सुवेदी, कक्षपति र शर्मालाई त्रिमूर्ति पुरस्कार