प्रधानमन्त्री प्रचण्डकै टोलमा खानेपानी नआएपछि...

ललितपुर । यतिबेला प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सरकारी निवास बालुवाटारमा छ । प्रधानमन्त्रीको हैसियतमा प्रचण्ड सरकारी निवास बालुवाटारमा बसिरहेका हुन् । तर, प्रचण्डको निजी निवास भने ललितपुर महानगरपालिकाको खुमलटारस्थित वडा नम्बर १५ मा रहेको छ । तर, सोही वडाका स्थानीय यतिबेला खानेपानी अभाव भएपछि सास्ती बेहोर्न बाध्य भएका छन् ।
खानेपानीको हाहाकार भएपछि शनिबार वडा नम्बर १४ र १५ का बासिन्दाले विरोध प्रदर्शन गरेका छन् । यसअघि स्थानीयले उपभोग गर्दै आएको ढोहालिटीको मुलको खानेपानी आउन छाडेपछि मेलम्चीको पानीट्यांकीमा धर्ना बसे । स्मरणीय के छ भने सो स्थानमा मेलम्चीको खानेपानीको ट्यांकी रहेपनि खुमलटारबासीलाई भने वितरण गरिएको छैन ।
एकातिर लाइनको पानी नआउने र अर्कातिर मेलम्चीको पानी पनि वितरण नगरिँदा सास्ती बेहोर्नुपरेको स्थानीय सुशीला राउतले बताइन् । खानेपानीको अभाव भएपछि सयौँको संख्यका स्थानीयले मेलम्चीको ट्यांकीमा पानी वितरणको दवावका लागि धर्ना दिएको उनको भनाइ छ ।
उनले प्रधानमन्त्री प्रचण्डको टोलमा पानी नपाइएको गुनासो गर्दै यसका लागि प्रधानमन्त्रीसहित खानेपानी मन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागिएको बताइन् । उनले भनिन्, ‘पानीको लागि हामी बालुवाटारसम्म पनि जान सक्छौँ । कुनै पनि हालतमा हामीले सहज रुपमा पानी पाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिनमा १०० करोड क्लबमा पनि पुगेन सलमानको सिकन्दर
-
आठ गोलको थ्रिलरसँगै रियल फाइनलमा
-
लुटपाटमा संलग्नको प्रतिकार गर्ने सुरक्षा गार्डलाई भाटभटेनीले दियो ५ लाख पुरस्कार (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्च (तस्बिरहरू)
-
लयमा विराट र साई, बेंगलुरुको विजययात्रामा गुराजतले लगाउला त लगाम ?
-
४० नृत्यकारले एकसाता सिके नृत्यकला