राष्ट्रिय युवा संघको स्लो बाइक रेसको उपाधि कार्कीलाई

काठमाडौँ । राष्ट्रिय युवा संघ काठमाडौँ महानगर कमिटीले आयोजना गरेको स्लो बाइक रेस प्रतियोगिताको उपाधी राजकुमार कार्कीले जितेका छन् । हाडीगाउँस्थित भत्केको पुलमा आयोजित प्रतियोगितामा विजेता कार्कीले ३२ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
त्यस्तै सुजार तामाङ दोस्रो हुँदै २० हजार र चन्द्रमान श्रेष्ठ तृतीय हुँदै १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । उक्त प्रतियोगिताको लागि १८० जनाले सहभागिता जनाएका थिए ।
बढ्दो सवारी दुर्घटना न्यूनकरण कम गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
समयभन्दा १५ मिनेट अगाडि गन्तव्यमा पुग्नुपर्ने, स्वलो राइड, लङ्ग लाइफ मुल नाराका साथ आयोजित कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष क्षितिज थेबे, विसिष्ट अतिथिमा नेकपा एमाले पोलिटब्यूरो सदस्य रामेश्वर फुयाल लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुस दिँदादिँदै पक्राउ परेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटा दोषी ठहर
-
कार्यान्वयन योग्य बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरुको सुझाव
-
१० बजे १० समाचार : रास्वपाको महाधिवेशन सर्यो–राप्रपा निषेधित क्षेत्रमा, प्रहरीको बढुवामा गोलमाल
-
सोलुखुम्बुको थामेमा आरोही सम्मेलन हुने
-
मुम्बईविरुद्ध १६२ रनमै रोकियो हैदरावाद, चलेनन् ब्याटर
-
गौतम डब्लुएचओ सल्लाहकार समितिको उपाध्यक्ष नियुक्त