काठमाडौँ । आगामी भाद्र १ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नम्बरी सुनको’ टिजर सार्वजनिक छ । २ मिनेटको टिजरले ७० वर्ष पहिले नेपालमा हुने सुनको इतिहास झल्काउन खोजेको छ ।
टिजरमा कलाकार गौरव पहाडी र नम्रता सापकोटाको प्रेम सम्बन्धमा आउने उतार चढाव समेत समेटिएको छ । अभिनेता सरोज खनाल सिनेमामा गाउँको मुखियाको भूमिकामा देखिएका छन्, भने बुद्धि तामाङलाई श्रीमती पीडित श्रीमान्को रूपमा चित्रण गरिएको छ । टिजरमा अभिनेता राजराम पौडेल र किरण नेपाली पनि अटाएका छन् ।
नारायण खातीको शब्द, कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव र नम्रताको अलवा राजेन्द्र खड्गी, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय छ । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद छ ।
सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी रहेको फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मलाई काठमाडौँ उपत्यकामा जिजिए ग्रूप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।
प्रतिक्रिया