पत्रकार महासंघ रामेछापमा प्रेस चौतारीको ताला

रामेछाप । नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्ड अनुसार पत्रकारको सदस्यता शुद्धीकरण नभएको आरोप लगाउँदै प्रेस चौतारीले नेपाल पत्रकार महासंघ रामेछापको कार्यालयमा ताला लगाएको छ । शनिबार प्रेस चौतारीले कालो झन्डा राखेर कार्यालयमा तालाबन्दी गरेको हो ।
पत्रकार महासंघ रामेछापले मापदण्डविपरीत सरकारी जागिरे र निष्क्रिय रहेकालाई पनि राजनीतिक आस्थाको आधारमा सदस्य कायम नै राखेको तर आफ्नो संगठनका सदस्यको सदस्यता भने खारेजको निर्णय गरेको चौतारीले आरोप लगाएको छ । प्रेस चौतारीले निर्णय सच्याउन ४८ घण्टाको समय दिएको भए पनि सो अवधिमा महासंघले निर्णय नसच्याएकाले तालाबन्दी गर्नु परेको प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए । पुरानो सदस्यता शुद्धीकरणमा मात्र होइन नयाँ सदस्य सिफारिसमा समेत चौतारी आबद्ध पत्रकार माथि विभेद गरिएकोले बाध्य भएर ताला लगाइएको श्रेष्ठको भनाई ।
प्रेस चौतारी रामेछापले गत जेठ ३२ गते एक विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र आफ्ना गलत निर्णय सच्याएर अघि बढ्न पत्रकार महासंघको नेतृत्वलाई आग्रह गरेको थियो । यो निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने चौतारीले घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रादेशिक अस्पतालबाट निजी अस्पतालमा पठाइएका बिरामीको मृत्यु, घटनाको छानबिन गर्न माग
-
झापा पुगेर प्रचण्डको ओली लक्षित टिप्पणी– हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो
-
सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ
-
चम्किला ज्याकेट लगाएका मान्छेको सडकमा आतंक
-
माछापुच्छ्रेमा क्रसरले तिरेनन् ४९ करोड, पालिकामा रेकर्ड न राजश्व
-
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी