प्रधानमन्त्री प्रचण्डद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन, तस्बिरहरु
_4v8Pwmcv1Z.jpg)
मेलम्ची । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण गरेका छन् । हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुग्नुभई मेलम्ची आयोजनाको स्थलगत निरीक्षण गर्दै आयोजनाका कर्मचारीहरुसँग जानकारी लिएका हुन् ।
निरीक्षण भ्रमणका क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाबारे व्याख्या गरेका थिए । सोक्रममा उनले आयोजनाले भोग्नुपरेका समस्या र बाँकी कामबारे जानकारी गराएका थिए ।
साथै, मेलम्चीमा आएको बाढीले आसपासका ४०० घरपरिवार नष्ट भएको र ती क्षेत्रका जनताको भोग्गुपरिरहेको समस्याका बारेमा अभिरुचिपूर्वक चासो लिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले भने, `कहाँ के गर्नुपर्छ भन्ने एउटा चित्र आएको छ । बजेटसँग सम्बन्धित बिषयहरूलाई प्राथमिकतामा राखिने छ ।´ प्रधानमन्त्रीले आफू बाटोमा आउँदा देखेको सडकको दुरावस्था कलाई गम्भीरतापूर्वक लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा