अब न्यायालयमा विकृति मौलायो भन्ने खालका समाचार लेख्नु पर्दैन : प्रधानन्यायाधीश कार्की
काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधार्न छोटो कार्यकालले फरक नपर्ने बताएका गरेका छन् । उनले आफ्नै नेतृत्वमा बनेको न्यायपालिका सुधारका पञ्चवर्षीय कार्य योजना र वार्षिक योजना सबैको सहकार्यमा टुङ्गोमा पुर्याउने विश्वास व्यक्त गरे ।
रातोपाटीसँगको कुराकानीमा उनले भने -'कार्यकाल छोटो हुनु र नहुनु भन्दा पनि न्यायपालिकालाई कसरी अगाडी बढाउने भन्ने विषय महत्त्वपूर्ण हो । मेरो कार्यकाल समाप्त हुने बित्तिकै मैले थालेका योजना समाप्त हुन्छन् भन्ने होइन । राम्रा योजना र कार्यक्रम म पछिको नेतृत्वले पनि निरन्तरता दिने विश्वासका साथ योजनाहरू अगाडि सार्नेछु । '
कार्कीले कर्मचारी सरुवादेखि न्यायाधीश नियुक्तिसम्मलाई मापदण्डको आधारमा अघि बढाउने प्रतिबद्धता जनाए । उनले भने -'अव न्यायालयमा देखिने गरी सुधार आउनेछ, पत्रकारहरूले न्यायालयमा विकृति मौलायो भन्ने खालका समाचार लेख्नु, पाठकले पढ्नु पर्दैन । '
उनले आफू निमित्त प्रमुख भएर सर्वोच्च आएदेखि नै सुधारका योजनाहरू अघि बढाएको बताए । न्यायालय सुधारका योजनाहरू सञ्चालन गर्दा न्याय निरूपण गर्ने कार्यदेखि लिएर प्रशासनिक चुस्ततालाई पनि कसरी अगाडी बढाउने भन्नेसम्मका कुरालाई पनि हामीले मिहिन ढङ्गले योजनामा समावेश गरेका छौँ, त्यो योजनाको आधारमा कार्यान्वयन गर्दै अघि बढे मात्र पनि न्यायालयमा सुधार आउनेछ ।
न्यायलाई कसरी सरल, छिटो छरितो र सुलभ बनाउने भन्ने योजनाका साथ अघि बढ्ने प्रतिबद्धता पनि कार्कीले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता