जर्मनीले तेस्रो खेलमा पनि निकाल्न सकेन जीत, पोल्यान्डसँग पनि पराजित

बार्सा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी पोल्यान्डसँग पराजित भएको छ । घरेलु टोली पोल्यान्डसँग प्रतिस्पर्धामा उत्रिएको जर्मनी १–० ले पराजित भएको हो ।
जर्मनीको पराजयका लागि पोल्यान्ड ज्याकव किविओरले पहिलो हाफको ३१औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुगेको थियो ।
पोल्यान्डमा शुक्रबार राति भएको खेलमा ७६ प्रतिशत बल पोसेसन राखे पनि जर्मनीले घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन परेको अन्तर्राष्ट्रिय खेल सञ्चारमाध्यमले जनाएका थिए । त्यसमाथि, दोस्रो हाफको ५८औँ मिनेटमा जर्मनीले पेनाल्टी पाए पनि भिएआरले उक्त पेनाल्टीलाई खारेज गरिदिँदा उसको लागि आएको मौकासमेत गुमाउनु पर्ने अवस्था आयो ।
यस बराबरीसँगै जर्मनी पछिल्लो तीन खेलमा जितविहीन बन्न पुगेको छ । जसअनुसार बेल्जियमसँग ३–२ ले पराजित भएको जर्मनीले गत साता युक्रेनसँग भने ३–३ गोलको बराबरी खेलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु