रौतहटमा करेन्ट लागेर २ युवकको मृत्यु
शनिबार, ०२ असार २०८०, ०७ : ५५
रौतहट । रौतहटको बौधीमाई नगर क्षेत्रमा करेन्ट लागेर गए राति २ जना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बौधिमाई ५ को पवा गाउँका वर्ष २५ का अरुण साह र वर्ष २६ को सिताबी पण्डित रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।
शुक्रबार राति साढे ८ बजे घरको आँगनमा रहेको ट्युबवेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुण साहलाई विद्युत् प्रवाह भएर करेन्ट लागेको थियो। करेन्ट लागेका साहलाई सँगै रहेका पण्डितले बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेर दुवै जना अचेत भएका थिए।
तत्काल दुवै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लैजाँदा डाक्टरले दुवै जना लाई मृत घोषणा गरेको डिएसपी यादवले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म