हेटौँडा उपमहानगरको नीति तथा कार्यक्रम आज

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम आज (शनिबार) सार्वजनिक हुँदैछ । उपमहानगरपालिकाले आज आह्वान नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो ।
असार १० गते भित्र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउन लागेको हो । नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा हुने नगर सभामा उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गर्नेछन् । नीति तथा कार्यक्रम प्रस्तुतपछि नगर सभाका सदस्यलाई अध्ययनको समय दिएर पास गरिने छ ।
उपमहानगरपालिकाले कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य र खेलकुदलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएको जनाइएको छ । नीति तथा कार्यक्रम मार्फत करिब २ अर्ब ६० करोड बराबरको बजेट ल्याउने तयारी गरेको उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति
-
नेपालमा कति छन् विद्यालय ?
-
प्रधानमन्त्री ओली लुम्बिनीमा
-
मनमोहन अधिकारीले ल्याएको कार्यक्रमको जस अहिले पनि एमालेले पाइरहेको छ : पूर्वराष्ट्रपति भण्डारी
-
सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी
-
आइन्स्टाइन गलत साबित भएका तीन कुरा