रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष समाचार
आज मिति २०८० साल असार महिनाको १ गते । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–
शरणार्थी प्रकरणमा अदालतको आदेश
भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका प्रतिवादीमध्ये १६ जनालाई थुनामा राख्ने आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ ।
नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये १८ जना पक्राउ परेका थिए । १८ जना प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा रिहा गर्ने भन्ने प्रयोजनका लागि भएको थुनछेक बहसमा २ लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश भएको हो ।
यसम्बन्धी समाचारहरु
सातै प्रदेशमा बजेट
आर्थिक वर्ष २०८०–८१ का लागि अनुमानित आय व्ययसहित ७ वटै प्रदेशले बजेट सार्वजनिक गरेका छन् । शुक्रबार अर्थात् असार १ गतेसम्म सबै प्रदेशले कुल २ खर्ब ७९ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । यो संघीय बजेटको तुलनामा जम्मा १५।९६ प्रतिशत हाराहारीमात्र हो ।
बजेटसम्बन्धी थप समाचारहरु
प्रधानन्यायाधीशमा कार्की
नेपालको ३० औं प्रधानन्यायाधीशका रुपमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । प्रधानन्यायाधीशमा नियुक्तिका लागि संवैधानिक परिषद्ले कार्कीको नाम सिफारिस गरेको थियो । उक्त सिफारिस संसदीय सुनुवाइ समितिबाट पारित भएपछि कार्की नेपालको ३० औं प्रधानन्यायाधीश बनेका हुन् । नियक्तिसँगै कार्कीले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।
बालेनको अडान र स्पष्टीकरण
। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारवार महानगरका प्रमुख मेयर शाहको निर्देशनमा भत्काएपछि शुक्रबार प्राधिकरणले प्रमुख शाहलाई सात दिने लिखित स्पष्टिकरण सोधेको हो ।
काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले ‘आदिपुरुष’ को विवादित अंश हटाउन कूटनीति पहल गर्न संघीय सरकारलाई माग गरेका छन् ।
थप समाचार
लोकसेवाको ७३ औँ वार्षिकोत्सव
निजामती कर्मचारी भर्नामा लोक सेवा आयोगको विश्वसनीयतालाई अहिले पनि अकाट्य रूपमा लिइन्छ । २००७ को तत्कालीन अन्तरिम शासन विधानमा सार्वजनिक सेवा अयोगको रूपमा व्यवस्था गरिएको आयोग २००८ असार १ मा लोक सेवा आयोगका रूपमा स्थापना भयो । यही लोकसेवाले शुक्रबार ७३ औँ वार्षिकोत्सव मनाएको छ ।
पासपोर्ट अब ५ हजारमा
राहदानी विभागले सेवाग्राहीलाई असार ३ गतेदेखि ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ ।
नेपालमा मंकिपक्स
नेपालमा मंकीपक्स भाइरस रोग पहिलो पटक देखा परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया एक विदेशी महिलामा मंकीपक्स संक्रमण भएको पुष्टि भएको हो ।
यो पनि...
सहकर्मी महिला प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बनमा परेका छन् । महिला प्रहरीमाथि दुव्र्यवहार गरेको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चा निर्माणमा समेटिन सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डलाई आज बिहान भेटेर फर्किएपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै बाबुरामले समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम र संगठनात्मक विधि निर्माणमा लाग्ने बताए ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ । सो पार्टीको केन्द्रीय समिति बैठकमा पेश हुने ऐजण्डाका विषयमा छलफल भइरहेकाले असार तेस्रो साता बैठक बस्ने योजना बनाइएको हो ।
तीन महिना अघि कुवेत पुगेका ११ जना नेपाली महिला अलपत्र परेका छन् । मकवानपुर, काभ्रे, झापा, दाङ लगायतका जिल्लाका उनीहरू तीन महिनादेखि अलपत्र अवस्थामा रहेका छन् ।
थप स्टोरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँ हिरासत फिर्ता
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अपहरणमा संलग्न दुई आरोपी पक्राउ
-
नेपाल-जापान व्यापार सम्बन्ध सुधार्न निप्पोन चेम्बर एण्ड इन्डस्ट्रीज स्थापना
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?