लुम्बिनीको बजेटबारे प्रतिपक्षको टिप्पणी : कनिका छरे जस्तै छ
शुक्रबार, ०१ असार २०८०, २१ : ४०

बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट कनिका छरे जस्तै भएको टिप्पणी गरेको छ ।
शुक्रबार लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटप्रति एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री लीला गिरीले कनिका छरे जस्तै भएको टिप्पणी गरेका हुन् । उनले सरकारले बजेट विभिन्न शीर्षकमा ल्याएको टिप्पणी गरेका छन् ।
उनले कांग्रेस माओवादीसहितको गठबन्धन सरकारले ल्याएको बजेटले प्रदेशको आर्थिक समस्यालाई समाधान गर्न नसक्ने बताए । बजेट हावादारी भएको उनको भनाइ छ ।
नेता गिरीले बजेटले जनताको जीवनस्तर सुधार्ने र विद्यमान संकटको सम्बोधन गर्न नसक्ने बताए । उनले कार्यकर्ता पोस्ने उद्देश्य बजेट लिएको बताए ।
नेता गिरीले लुम्बिनी सरकारले ल्याएको बजेटबाट समृद्धि हासिल गर्न नसकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
बेलहियामा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम ७१ प्रतिशत सम्पन्न
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना