मधेस प्रदेशमा ६० वर्ष माथिका नागरिकको आँखा, दाँत र कान निःशुल्क परीक्षण हुने
![मधेस प्रदेशमा ६० वर्ष माथिका नागरिकको आँखा, दाँत र कान निःशुल्क परीक्षण हुने](https://rpcdn.ratopati.com/media/albums/eye_V84ryna9A7.jpg)
जनकपुरधाम । मधेस प्रदेश सरकारले ६० वर्ष माथिका नागरिकलाई आँखा, दाँत र कानको फ्रि चेकअप गरिने व्यवस्था मिलाउने भएको छ । अर्थमन्त्री सञ्जयकुमार यादव अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ६० वर्षभन्दा माथिका नागरिकलाई आँखा, दाँत र कानको निःशुल्क परीक्षणको व्यस्था मिलाएको बताएका हुन् ।
ज्येष्ठ नागरिकलाई सरकारी अस्पतालहरुमा विरामी दर्ता गर्दा शुल्क नलाग्ने तथा प्रदेश तथा स्थानीय तहका ल्यावहरुमा निःशुल्क परीक्षण गर्न ५ करोड विनियोजन गरिएको अर्थमन्त्री यादवले जानकारी दिए ।
त्यस्तै प्रदेशमा सञ्चालित वृद्धा आश्रम, बालगृह, मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुको स्वास्थ्य परीक्षण र उपचारका लागि घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्न ५ करोड विनियोजन गरिएको उनले बताए । आगामी आर्थिक वर्षदेखि स्थानीय तहमा मुख्यमन्त्री स्वास्थ्य घर दैलो कार्यक्रम अन्तर्गत प्रदेशका प्रत्येक नागरिकहरुको विस्तृत स्वास्थ्य प्रोफाइल तयार गर्ने कार्यक्रमको शुरुवात गरिने पनि मन्त्री यादवले बताए । सो कार्यक्रम स्थानीय तहसँगको समन्वयमा हुने उनले बताए ।
त्यसैैगरी विपन्न तथा आर्थिक अवस्थाका कारण अस्पताल सम्म पुग्न नसक्ने प्रदेशका गरिब नागरिकहरुलाई अस्पताल सम्म ल्याई उपचार सुविधा उपलव्ध गराउने नीति अङ्गीकार गरिने पनि बजेटमा उल्लेख छ । गरिब नागरिकलाई आफनो स्वास्थ्य उपचारमा गरिने खर्चलाई न्यूनीकरण गर्नका लागि यथोचित बजेट विनियोजन गरिएको अथर्ममन्त्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा लाजियोको फराकिलो जित
-
१२ बजे, १२ समाचार : प्रचण्डको सचिवालयबाट बाहिरिए मल्लदेखि बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति)को महाधिवेशन आयोजक समिति भङ्गसम्म
-
माधवनारायणका व्रतालु चाँगुनारायणबाट फर्किए साँखु
-
मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो
-
क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन
-
कर्णाली नदीबाट तीन जनाको उद्धार