नक्कली शरणार्थी प्रकरण : क–कसलाई पठाइयो केन्द्रीय कारागार (सूचीसहित)

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणका १६ प्रतिवादीलाई केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा राख्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि शुक्रबार १६ जना प्रतिवादीलाई केन्द्रीय कारागार पठाउन आदेश भएको हो ।
पक्राउ परेका अन्य दुई जना भने धरौटीमा रिहा भएका छन् ।
जसअनुसार लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको अदालतले जनाएको छ। यस्तै टोपबहादुर रायमाझी, बालकृष्ण खाणसहित अन्य १६ जना प्रतिवादी भने पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालतमा यो मुद्दामा ११ दिनसम्म लगातार थुनछेक बहस भएको थियो । कुल ३० जनाविरुद्ध मुद्दा चलाइएकामा १२ जना अझै फरार छन् ।
आदेश अनुसार टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राई र टेकनाथ रिजालले केन्द्रीय कारागारमै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ । यस्तै केशव दुलाल, सानु भण्डारी, आङटावा शेर्पा, शमशेर मिया, सन्दीप रायमाझी, सन्देश शर्मा, सागर राई, रामशरण केसी, नरेन्द्र केसी, गोविन्द चौधरी र हरिभक्त महर्जन पनि केन्द्रित कारागारमा रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला