काठमाडौँ । मगर समुदायको भूमेरभूम्या पर्व शुक्रबार राजधानीमा मनाइएको छ । यो पर्वका अवसरमा मगर समुदायले पुर्ख्यौली पूजा–पाठ र मौलिक कला संस्कृति प्रस्तुत गर्ने गर्दछन् ।
दशैंमा जस्तै निम्तालु आदान–प्रदान, खानपिन र हर्ष उल्लासका साथ मनाइने भुम्या पर्व परापूर्वकाल देखि मगर समुदायले मनाउँदै आएको पर्व हो । यो पर्वका अवसरमा शुक्रबार खुलामंचमा भेला भएर मौलिक पहिरनमा सजिएका मगरहरूले प्रकृतिको पूजा गर्दै भवितव्य र विपत्ति नआओस् भनेर प्रार्थना गरे ।
आजदेखि सुरु भएको पर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । हरेक वर्ष असार १ देखि ३ गतेसम्म यो पर्व आयोजना गर्ने गरिन्छ ।
प्रतिक्रिया