सिङ्गै भ्यागुतो पस्किने रेस्टुरेन्ट

एउटा रेस्टुरेन्टले आफ्नो मेनुमा एउटा अचम्मको खाना थपेको छ । सिङ्गै भ्यागुतो हालेको रामेन । सुन्दा अचम्म लाग्यो, कतिलाई त घिन पनि लाग्यो होला । तर ताइवानको एउटा रेस्टुरेन्टले ग्राहक तान्न यसलाई खानाको मेनुमा समावेश गरेको छ ।
ताइवानको युलिनस्थित युआन रामेनले उक्त नयाँ खानाको नाम ‘फ्रग फ्रग फ्रग रामेन’ दिएको छ । खानामा राखिएको एउटा विशेष सामग्रीले मानिसको ध्यान आकर्षित गरिरहेको छ – नुडल्सको बीचमा राखिएको एउटा सिङ्गो भ्यागुतो । रेस्टुरेन्टले यो अचम्मको खान्कीको फोटो फेसबुकमा पोस्ट गरेर मानिससँग यसको नामको लागि सुझाव मागिरहेको छ । रेस्टुरेन्टले भ्यागुतो हालिएको रामेन प्रत्येक मंगलबार र बुधवार उपलब्ध हुने र यो सीमित मात्रामा हुने जानकारी दिएको छ । रामेनको प्रत्येक बटुकोको मूल्य ८ डलर (१ हजार रुपैयाँ बढी) पर्नेछ । तर रेस्टुरेन्टमा गएर फ्रग रामेनको तस्बिर मात्रै खिच्न चाहनुहुन्छ भने ३.२० डलर मात्रै खर्च गरे पुग्छ ।
युआन रामेनका मालिकले ताइवान न्युजसँगको कुराकानीमा गत महिना आइसोपड रामेन भाइरल भएपछि आफू पनि यसबाट प्रभावित भएको बताए । युनलिनमा भ्यागुतो खानु सामान्य कुरा हो, त्यसैले उनीहरुले यसमा भ्यागुता हालेको रामेन बनाउने योजना बनाए, तर त्यसमा लोकल ट्विस्ट भने दिएका छन् ।
यो फ्रग रामेनलाई केही व्यक्तिले चाखेका पनि छन् र उनीहरूलाई यो मन परेको बताएका छन् । तर यसबारे थप प्रतिक्रिया पाएपछि मात्रै रेस्टुरेन्टले यसलाई स्थायी रूपमा आफ्नो मेनुमा राख्ने नराख्ने निर्णय गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ
-
कृषि मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सारबाट धमाधम भित्रिँदै
-
न्युजिल्याण्डसामु २ सय ३६ रनमा समेटियो बंगलादेश
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने