बोरिस र शिभालीलाई स्वर्ण
![बोरिस र शिभालीलाई स्वर्ण](https://npcdn.ratopati.com/media/news/tennis11_MErzrtWlln.jpg)
काठमाडौँ । बोरिस अधिकारी र शिभाली गुरुङले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यू–१४ एकल स्पर्धामा शुक्रबार स्वर्ण पदक जितेका छन् । बोरिस ब्वइज र शिभाली गल्र्सतर्फ पहिलो भएका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजतर्फको फाइनलमा बोरिसले वृजेश अर्याललाई ६–२ र ७–६ अंकको सोझो सेटमा पराजित गरे । गल्र्सतर्फको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई ६–० र ६–१ अंकले हराइन् ।
राइजिङ स्टार टेनिस एकेडेमीको आयोजनामा भइरहेको सर्वाधिक पुरस्कार राशिको उक्त टेनिस प्रतियोगिताको यू–१६ एकलतर्फको ब्वाइजमा शंकर हैस्नान र गल्र्समा सुनिरा थापा पहिलो भए । फाइनलमा शंकरले राजवीर प्रधानलाई ४–६, ६–४ र ६–१ अंकले पाखा लगाए । सुनिराले भने शिभालीलाई ६–२, ५–७ र ६–१ अंकले पराजित गरिन् ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुष डबल्समा अकी जुवेन रावत र आरभसम्राट हाडाको जोडी पहिलो भयो । उक्त जोडीले फाइनलमा प्रणव खनाल र अभिनव आचार्यको जोडीलाई ६–३ र ६–४ अंकले हरायो ।
यसैगरी भेट्रान ४५ वर्षमाथि पुरुष एकलतर्फ फाइनलमा मोहम्मद युनुसले रोहित सुनुवारलाई ६–४ र ६–२ अंकले पराजित गरे । ५५ वर्षमाथि पुरुष एकलको फाइनलमा थोङवान तुलेश्वरले राजु श्रेष्ठमाथि ६–० र ६–२ अंकको सहज जित दर्ता गरे ।
यसैगरी भेट्रान ३५ वर्षमाथि पुरुष एकलको सेमिफाइनलमा सन्तोष खत्रीले कमलबहादुर भण्डारीलाई ६–७, ७–५ र १०–५ अंकले हराए । पूर्वराष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले दावा सोनाम शेर्पालाई ६–२ र ६–० अंकले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे । प्रतियोगिताको अन्तिम दिन शनिबार उक्त स्पर्धाको फाइनलसँगै पुरुष÷महिला एकलको पनि फाइनल पनि हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म