काठमाडौँ महानगरले यथास्थितिमा हिसान शैक्षिक मेला सञ्चालन गर्न नदिने
शुक्रबार, ०१ असार २०८०, १३ : ४१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यथास्थितिमा हिसान शैक्षिक मेला सञ्चालन हुन नदिने भएको छ । भृकुटीमण्डपमा शुक्रवारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरले रोक लगाएको थियो। काठमाडौँ महानगरले मेला सञ्चालन गर्न दिने निर्णय हालसम्म गरेको छैन। मेला सञ्चालनको अनुमति नदिएको अवस्थामा सञ्चालन गरिएको भन्दै महानगरले रोक लगाएको जनाएको छ।
मेला सञ्चालन गर्ने विषयमा काठमाडौँ महानगरको शिक्षा विभाग र हिसान प्रतिनिधिबीच छलफल भइरहेको छ । हालसम्म कुनै निर्णय नगरेको भन्दै महानगर प्रहरी मेला स्थलमा तैनाथ गरिएको छ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेले तत्कालको अवस्थामा कुनै पनि हालतमा मेला सञ्चालन गर्न नदिन भन्ने आदेश आएको उनको भनाइ छ।
मेलामा कक्षा १० र १२ नतिजा नआई उच्च शिक्षाका लागि भर्ना प्रक्रिया अगाडि बढाएको भन्दै महानगरले मेलामा रोक लगाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन