सम्पादनमा जुट्यो ‘सतीदेवी’

काठमाडौँ । फिल्म ‘सतीदेवी’ सम्पादनमा जुटेको छ । लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले फिल्मको सम्पादन सुरु भएको जानकारी दिए । फिल्मको छायाङ्कन जेठको पहिलो साता सकिएको थियो । फिल्म छिट्टै सम्पादन गरेर दर्शक माझ ल्याउने निर्देशक सुवेदीको लक्ष्य रहेको छ ।
‘फिल्मको छायाङ्कन हामीले सोचेजस्तै राम्रो भयो’, सुवेदीले भने ‘प्राविधिक कार्य पनि उत्कृष्ट बनाउनेछौ ।’ सुवेदीले यस अगाडि ‘एउटा साथी’ र ‘लाल जोडी’ निर्देशन गरेका थिए ।
फिल्म काठमाडौँ र लमजुङ आसपासका स्थानमा छायाङ्कन भएको हो । नारीप्रधान फिल्म ‘सतीदेवी’को केन्द्रीय भूमिकामा अभिनेत्री मल्लिका महत छिन् । फिल्ममा महतको अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी लगायतको अभिनय रहेको छ ।
दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भइरहेको फिल्ममा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद रहेको छ । फिल्ममा दीपक शर्मा र सुवास भुसालको सङ्गीत छ, भने रामजी लामिछानेको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाणिज्य दूत शर्मा र नेपाल खेलकुद विश्वविद्यालयका डा. प्रसाईँबिच साझेदारीबारे छलफल
-
कर्णालीमा कांग्रेस सांसदको माग : हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाऔँ
-
विरोधको सूचना दर्ता गर्ने पाण्डे प्रतिनिधि सभामा अनुपस्थित
-
विकासमा बेथिति, जस पाउने होड
-
३ सदस्यीय अनुचित लेनदेन जाँचबुझ आयोग गठन
-
सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक