सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

११६ कुकुर, रेस्टुरेन्ट–होटेलका मालिक मिथुन : चार महिनामा टुट्यो पहिलो विवाह, ऋषि कपुरलाई कारले हानिदिएका थिए

शुक्रबार, ०१ असार २०८०, १२ : ४५
शुक्रबार, ०१ असार २०८०

सन् १९८५ मा रिलिज भएको फिल्म गुलामीमा मिथुन चक्रवर्तीको अभिनयको अहिले पनि धेरैले प्रशंसा गर्छन् । बलिउडमा डिस्को डान्सर र दादा भनेर चिनिने मिथुनको आज (जुन १६) मा ७३ औँ जन्मदिन हो । मिथुनको जीवन कुनै  रोलर कोस्टर राइडभन्दा कम होइन । विद्रोह सधैँ रह्यो । ठुलो भएपछि नक्सली विचारधाराबाट प्रभावित भए र यसैमा समावेश भए । घरको एक दुर्घटनाले पुनः उनलाई नक्सलीबाट जीवनतिर मोडिदियो ।

मिथुन ती सीमित फिल्मी सेलिब्रिटीमा समावेश छन् जसले पहिलो फिल्मबाट राष्ट्रिय अवार्ड पाएका छन् । कालो वर्णका कारण अस्वीकार झेले । पहिलो विवाह चार महिनामा नै टुट्यो । श्रीदेवीसँगको अफेयर पनि निकै चर्चामा रह्यो । जीवनमा थुप्रै उतार चढाव आइरहे तर उनले हार मानेनन् । आज मिथुनसँग होटेल, थुप्रै रेस्टुरेन्ट, थुप्रै बङ्गला र कटेज छन् । ३५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । जनावरसँग यति लगाव छ कि ११६ वटा कुकुर पालेका छन् ।

७३ औँ जन्मदिनमा उनीका केही किस्साबारे जानकारी लिऔँ ।

mithunवास्तविक नाम गौरांग, नक्सलवादी थिए

१६ जून १९५० मा कोलकातामा जन्मिएका मिथुन चक्रवर्तीको वास्तविक नाम गौरांग थियो । दुई दाजुभाइमा मिथुन कान्छा थिए । उनले स्कुलको शिक्षापछि केमेस्ट्रीबाट ग्रेजुएशन गरे । त्यति बेला नक्सलवाद चरममा थियो त्यसैले मिथुन पनि आफ्नो परिवार छोडेर एक नक्सल समूहको सदस्य बने । त्यति बेलाका चर्चित नक्सलवादी रवि रञ्जनसँग मिथुन असाध्यै नजिक थिए ।

mithun1प्रहरीको डरले भूमिगत हुनुपर्‌याे

प्रहरीले नक्सलवादीलाई धमाधम समात्दै थियो । प्रहरी कारबाही सुरु हुने बित्तिकै मिथुन आफ्ना सहयोगीसहित भूमिगत भए र केही महिनासम्म लुकेर बसे ।

भाइको मृत्युपछि परिवारका लागि निर्णय परिवर्तन

मिथुनका दाइको कोलकातामा करेन्ट लागेर मृत्यु भयो । दाइको मृत्युपछि परिवार एक्लो हुँदा मिथुन फर्किए र जिम्मेवारी आफ्नो काँधमा लिए । आफ्नो ज्यानलाई खतरा भए पनि मिथुनले नक्सलवादसँग सम्बन्ध तोडे ।

सङ्घर्षका दिनमा भोकै बसे

घर फर्किएपछि मिथुनले आफ्नो करियरबारे सोचे । अभिनयमा रुचिका कारण उनी पुणेको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटमा भर्ना भए । पढाइ पूरा गरे तर जागिर पाउन सकेनन् । कामको खोजीमा मिथुनले पनि त्यही गरे जुन हरेक आकाङ्क्षी नायकले गर्छ, उनी सिधै मुम्बई पुगे । यहाँ उनले धेरै कार्यालयहरू घुमे, तर निराशा मात्रै हात लाग्यो । जागिर वा काम बिना मुम्बई जस्तो ठुलो सहरमा बाँच्न अझै गाह्रो थियो, जसका कारण धेरै दिनसम्म उनी खाली पेट सुत्नुपरेको थियो ।

इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा मिथुनले भनेका थिए, ‘मैले यस्ता दिन पनि गुजारेको छु जब मैले भोकै फुटपाथमा सुत्नु पर्दथ्यो । रुँदा रुँदै निद्रा लाग्थ्यो । कति पटक त भोलि खान पाउँछु कि पाउँदिनँ भन्ने लाग्थ्यो । भोलिपल्ट कहाँ सुत्ने भन्ने पनि ठेगान हुँदैनथ्यो । म थुप्रै दिनसम्म फुटपाथमा सुतेको छु ।’

mithun2हेलेनको सहायक बन्न फेरे नाम

केही महिना फिल्म स्टुडियोमा घुमिरहँदा मिथुनले नायकको होइन, त्यो जमानाकी चर्चित अभिनेत्री हेलेनको सहायक बन्ने मौका पाए । सहायक बनेपछि उनले आफ्नो नाम मिथुनबाट बदलेर रेज राखे ।

हेलेनलाई असिस्ट गर्दा मिथुन उनका फिल्मको सेटमा आउजाउ गर्थे । मिथुनले अभिनय पनि सिकेका छन् है भनेर धेरैले थाहा पाउन थालेका थिए । त्यसैले उनले केही फिल्ममा सानोतिनो भूमिका पाउन थाले । यसमा फिल्म ‘दो अनजाने’ पनि समावेश छ । एउटा फिल्ममा मिथुनले हिरोको बडी डबल बनेर पनि काम गरेका थिए ।

सलमानका बुबा सलिमले यश चोपडालाई भेट्न पठाए

मिथुन प्रायः आफ्नो कपडा सिलाउन एउटै टेलरमा जान्थे । त्यो पसलको नाम थियो प्लेबोय । एक दिन मिथुन त्यहाँ जाँदा फिल्म लेखक सलिम खानलाई त्यहाँ नै भेटे । सलिम त्यति बेला चर्चित भइसकेका थिए त्यसैले मिथुनले उनलाई देख्ने बित्तिकै चिने ।

आँखा जुधाजुध भएपछि सलिमले पनि मिथुनलाई ध्यान दिएर हेर्न थाले । केही मिनेटपछि सलिम उनी भए ठाउँ आएर भने, ‘तिम्रो अनुहारमा चमक छ, तिमीले फिल्ममा काम गर्नुपर्छ ।’

मिथुनले जवाफमा भने, ‘मैले पुणेबाट अभिनय सिकेको छु र मुम्बईमा काम खोजिरहेको छु । ’

mithun3यो सुन्ने बित्तिकै सलिमले उनलाई तुरुन्त यश चोपडाको नम्बर दिँदै उनलाई कार्यालयमा गएर भेट्न सुझाए । यसो गर्दा केही काम बन्न सक्ने पनि उनले बताए ।

मिथुन त्यसको भोलिपल्टै यश चोपडाको कार्यालयमा गए । त्यति बेला यश आफ्नो आगामी चलचित्र त्रिशूलका काम गरिरहेका थिए । मुख्य भूमिकामा अमिताभ थिए । एउटा भूमिकाका लागि केही दिन अघिसम्म खाली थियो । 

मिथुन त्यहाँ पुगेपछि उक्त भूमिका सचिन पिलगांवकरलाई दिइसकिएको थाहा पाए । मिथुन निराश त भए तर सलिमले उनलाई मुस्किल समयमा मद्दत गर्नका लागि गरेको कोसिसप्रति पनि सधैँ कृतज्ञ छन् । 

mithun4मिथुनको गल्तीले ऋषि कपुरकाे दुर्घटना 

ऋषि कपूर र मिथुनलाई सन् १९७८ को फिल्म ‘फूल खिले हैं गुलशन–गुलशन’ मा सँगै कास्ट गरिएको थियो । सुटिङ सुरु हुनुअघि निर्देशक सिकन्दर खन्नाले उनलाई कार चलाउन जान्नुहुन्छ भनेर सोध्दा मिथुनले फिल्म गुम्ने डरले ‘आउँछ’ भनेका थिए ।

हुन त झुटो बोलेका थिए तर कार चलाएर देखाउनु पनि थियो । सुटिङ सुरु भयो तर यहाँ मिथुनले साधारण ड्राइभिङ गर्नुपर्ने थिएन । मिथुनले तेज गतिमा कार चलाएर ऋषि र मुकरीको अगाडि आएपछि ब्रेक लगाउनु पर्दथ्यो । सिन सुनेपछि पनि मिथुनले आफूलाई कार चलाउन आउँदैन भनेनन् । मिथुनले एक्सन भनेको सुन्ने बित्तिकै तेज गतिमा कार चलाउन सुरु गरे र तुरुन्त ब्रेक लगाइदिए । अचानक ब्रेक लगाएपछि कारमा बस्ने कोसिस गरिरहेका ऋषिको मुख बोनटसँग ठोक्कियो र उनको मुखबाट रगत बग्न थाल्यो । त्यसपछि यो झुट लुक्न सकेन । ठुलो दुर्घटना हुनबाट जोगियो । मिथुनले माफी माग्दै आफूलाई गाडी चलाउन नआउने बताए । यो सुनेर निर्देशक सिकन्दरले उनलाई बेस्सरी गाली गरे ।

mithun6४ महिनामा टुटेको थियो पहिलो विवाह

मिथुन चक्रवर्तीले सन् १९७९ मा हेलन ल्युकसँग विवाह गरेका थिए । यो विवाह चार महिना मात्रै टिक्न सक्यो । जेठी श्रीमतीलाई छोड्ने बित्तिकै मिथुनले त्यसै वर्ष योगिता बालीसँग विवाह गरे । यी दुईका तीन सन्तान छन् – मिमोह, नमाशी, उशमेह । मिथुनले फोहोरमा थुप्रोमा भेटिएकी बालिकालाई पनि धर्मपुत्री बनाएका छन् । उनको नाम हो दिशानी ।

mithun5सय करोड कमाउने पहिलो भारतीय फिल्म हो डिस्को डान्सर

मिथनुको फिल्मी करियरमा एक सुनौलो समय त्यति बेला आयो जब उनले सन् १९८२ को फिल्म डिस्को डान्सर पाए । यो हिन्दी सिनेमाको सय करोड कमाउने पहिलो फिल्म थियो । यद्यपि, यसले भारतमा भन्दा सोभियत युनियनबाट बढी कमायो । मिथुनलाई खासै नाच्न आउँदैनथ्यो तर फिल्ममा आवश्यकता भएपछि उनी नाचे र उनका डान्सिङ स्टेप अत्यधिक चर्चित भयो ।

त्यसपछि उनले फिल्म कसम पैदा करने वाले की, डिस्को–डिस्को (१९८२), कमांडो (१९८८), प्यार झुकता नहीं (१९८५), गुलामी (१९८५), मुझे इंसाफ चाहिए (१९८३), घर एक मंदिर (१९८४), स्वर्ग से सुंदर (१९८६) र प्यार का मंदिर (१९८८) मा उत्कृष्ट अभिनयको नमुना पेस गरे, जसका कारण उनी उत्कृष्ट स्टार बने ।

mithun7एक वर्षमा सबैभन्दा बढी फिल्म दिएको विश्व रेकर्ड 

सन् १९८९ मा मिथुनका एकै पटक १७ वटा फिल्म रिलिज भएका थिए जसमा इलाका, मुजरिम, प्रेम, प्रतिज्ञा, लडाई, गुरु र बीस साल बादजस्ता फिल्म समावेश छन् । एक वर्षमा सबैभन्दा बढी फिल्म गर्ने बलिउड अभिनेताको रेकर्ड मिथुनसँग छ ।

विवाहित हुँदा पनि श्रीदेवीसँग गरेका थिए विवाह

सन् १९८४ को फिल्म जाग उठा इंसानको सुटिङका बेला मिथुन र श्रीदेवीको अफेयरको चर्चा अत्यधिक भयो । यी दुई यति नजिकिए कि उनीहरुले गोप्य रूपमा विवाहसमेत गरे । यो कुरा मिथुन आफैँले एउटा अन्तर्वार्तामा स्वीकारेका थिए । मिथुन र श्रीदेवीको विवाहको खबर उनकी श्रीमती योगिता बालीलाई थाहा भयो तब उनले आत्महत्याको कोसिस गरेकी थिइन् । त्यसपछि मिथुनले श्रीदेवीलाई छोडे र आफ्नो परिवार भए ठाउँ फर्किए ।

mithun8११६ वटा कुकुरका मालिक, ऊटीको सबैभन्दा ठुलो होटेल मालिक

मिथुनको घरमा करिब ३८ वटा कुकुर छन् र ऊटी स्थित उनको घरमा ७८ वटा कुकुर पालिएको छ । ऊटीकाे सबैभन्दा चर्चित होटेलमध्ये एक मोनार्क, मिथुन चक्रवर्तीको हो । यस्तै, मसिनागुडीमा उनको १६ वटा बङ्गला र कटेज छन् । मैसुरमा पनि उनका १८ वटा कटेज छन् र थुप्रै रेस्टुरेन्ट पनि । फिल्म र व्यापारबाहेक मिथुन राजनीतिमा पनि सन् २०१४ देखि सक्रिय छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप